कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।
कञ्चनपुरको पुनर्वास नगरपालिका(४ जमुनाघारी स्थित भारत बाट नेपाल तर्फ आउदै गरेको अवस्थामा कैलालीको धनगढी उपमहानगरपालिका(३ वडहरा बस्ने २७ वर्षीय अम्मर चौधरी र २५ वर्षीय भिमजंग कठरिया लागूऔषधसहित पक्राउ परेका हुन्।
अमरले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१२ प १७२७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १ ग्राम २३० मिलिग्राम खैरो हेरोइन फेला पारी अस्थायी प्रहरी पोष्ट झोलुङ्गे, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
यसैगरी दोधारा चाँदनी नगरपालिका(१ पशुपति टोलबाट भीमदत्त नगरपालिका ११ सम्झना टोल बस्ने २३ वर्षीय सुरज सार्की समेत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। यी दुबै जनालाई चेकजाँच गर्दा शुन्य दशमलव ५ ग्राम लागूऔषध खैरो हेरोइन फेला पारी अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।