Skip to main content

गेटा अस्पताल : विरामी बढदै, सेवा थप्नमा कन्जुस्याई

Submitted by editor on
शिवराज भट्ट
गेटा अस्पताल

धनगढी : साढे ६ अर्वका संरचना बनेर पनि एउटा कुनामा सञ्चालनमा आएको सय सैया भनिएको गेटा अस्पतालमा कार्ययोजना अनुसारको कुनै पनि काम भएको छैन । अस्पतालको प्रचार भएपछि विरामीहरु बढन थालेपनि अस्पतालले सुरुवातका बेला सार्वजनिक गरेको कार्ययोजना अनुसारको अस्पतालका सेवा विस्तारको काम भने भएको छैन ।

कार्तिक भीत्र एमसिएच क्लिनिक सुरु गर्ने योजना थियो तर त्यसको केही काम भएको छ । मंसिर महिनाभीत्र खोप सेवा र अन्तरंग सेवा सुरु गर्ने योजना थियो तर सुरु भएन । पुषभीत्र ईमरजेन्सी र प्रसुती सेवा सुरु गर्ने कार्य योजना थियो तर त्यो पनि भएको छैन ।

चैत महिनाभीत्र सल्यक्रिया सेवा र बैशाखभीत्र आईसीयु र एनआईसीयु सेवा सञ्चलान गर्ने कार्ययोजना भएपनि अरु नै सेवा सुचारु नभएका बेला ती सेवाहरु सुरु हुनेमा विश्वास गर्ने आधार देखिदैन । गेटामा ६ सय सैया क्षमताको अस्पताल भवन, कलेज भवन र आवाशहरु गरी झण्डैै साढे ६ अर्वका संरचना निर्माण भईसकेका छन । 

कम्तीमा पनि ३ सय सैयाको अस्पताल सञ्चालन गरी एमविविएसको पढाई हुनुपर्ने आशा गरिएका बेला सय सैया मात्र सुरु हुँदा यस क्षेत्रका जनतामा निरास भएका थिए । ५० शैयाको अुनमतीमा मात्रै सञ्चालनमा रहेको सेती प्रादेशीक अस्पतालको भन्दा दोब्बर स्वास्थ्य सेवा होला भन्ने आशामा सुदूरपश्चिमबासीले चित्त बुझाएका थिए ।

गेटामा अहिले जनरल ओपिडि, हाडजोर्नी तथा नसारोग, स्त्री रोग, जर्नल सर्जरीको ओपिडि मात्रै सञ्चालनमा छ । प्रयोगशाला सेवा र फार्मेसीबाहेक विरामी भर्ना गर्ने गरी ईन्डोर सेवा समेत सञ्चालनमा आउन सकेको छैन । ‘ईम्रजैन्सी, भर्ना, सल्यक्रिया र आईसीयु एनआईसीयु छैन भने त्यसलाई के अस्पताल भन्ने ? प्रार्थमिक स्वास्थ्य केन्द्र भई हाल्यो नी’ एकजना चिकित्सकले भने ।

कैलालीको गेटामा २०६६ साल देखि मेडिकल कलेजका पुर्वाधारहरु निर्माण हुन थालेका हुन । २०७८ साल देखि नै  मेडिकल शिक्षाको पढाई हुने लक्ष्य राखिएको भएपनि मेडिकल कलेज, प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय के बनाउने ? भन्ने कुरामै रुमल्लिदा गेटा ओझेलमा परेको हो ।

यसपालीको बजेटमा अस्पताल सञ्चालनका लागि ८० करोड र चालु तर्फको खर्चका लागि साढे ३ करोड रकम विनियोजन गरिएको छ । अस्पताल उद्घाटनका बेला अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले डल्लो रुपमा आएको बजेटलाई शिर्षक बनाएर उपकरण खरिद गरिने र अरु सेवाहरु विस्तार गर्ने बताएका थिए ।

तर अहिले उनले नै सार्वजनिक गरेको कार्ययोजना अनुसार पुस सम्म सुरु गर्ने भनिएका सेवाहरु सुचारु हुन सकेका छैनन । अस्पताल सञ्चालनका लागि मन्त्रिपरिषदले १४१ जना कर्मचारी र स्वास्थ्यकर्मीको दरबन्दी स्विकृत गरेको थियो । २४ जनाको जनशक्तिबाट सुरु गरिएको स्वास्थ्य सेवा दिन अस्पतालमा अहिले ३२ जना कर्मचारी छन । सेवा विस्तारका लागि दरबन्दी अनुसारकै जनशक्ति नपुगेको र उपकरणको समेत अभाव देखिएको छ । 

एमसिएचका लागि भने काम सुरु भएको अस्पतालले जनाएको छ । सामाजिक सुरक्षा ईकाइबाट हुने सेवा पनि सुरु भएको छ । कात्तिक १ गतेबाट सुचारु भएको अस्पतालले पुस २५ सम्म १३ सय २ जनालाई उपचार सेवा दिएको छ । सुरुमा १४÷१५ जना आउने गरेकोमा अहिले दैनि ३०÷४० जना विरामी आउने गरेका अस्पतालले जनाएको छ ।