Skip to main content

डडेल्धुरा पुुगेर परराष्ट्र मन्त्री साउदले भने ‘विपिन सुरक्षित छन, छिट्टै रिहा हुन्छन’

Submitted by editor on
ईबिगुल संवाददाता
नपी साउद

डडेल्धुरा : डडेल्धुरा पुुगेर परराष्ट्र मन्त्री एनपी साउदले विपिन जोशी सकुशल रहेका र उनको उद्धारको पहल भईरहेको आश्वासन दिएका छन । प्रेस युनीयन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकर सम्मेलनमा परराष्ट्र मन्त्री साउदले यस्तो बताएका हुन ।

‘हमासको कब्जामा विभिन्न मुलुकका १३२ जना बन्दी छन, उनीहरुको रिहाईका लागि पहल भईरहेको छ । नेपालले पनि विपिनको रिहाईका लागि हर सम्भव प्रयास गरिरहेको छ’ उनले भने ।

परराष्ट्र मन्त्री साउदले युद्धबन्दीको रुपमा विपिन जोशीको जीवन सुरक्षित रहेको बताउदै सरकार उनको रिहाईका लागि निरन्तर प्रयास गरिरहेको बताए ।