धनगढीः नेपालमा बहु विवाहलाई कानुनी मान्यता दिन लागेको भन्दै गृह मन्त्रालयको ध्यानाकर्षण गराइएको छ।
कैलाली जिल्लाको महिला मानव अधिकार रक्षक सञ्जालले प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयमा ध्यानाकर्षण पत्र पठाइएको हो।
नेपालमा बहुविवाहलाई कानुनी मान्यता दिन बनेको प्रस्तावित मस्यौदाको विरोधमा उनीहरूले ध्यानाकर्षण पत्र बुझाएका हुन्। महिला अधिकारका लागि दबाब अभियानमा ऐक्यबद्धता जनाउदै भोलिदेखि बिहान १० बजेबाट एक घण्टा धर्नासमेत दिइने भएको छ। जिल्ला प्रशासन कार्यालय, कैलालीमा एक घण्टा धर्नाको कार्यक्रम रहेको सञ्जालले बताएको छ।