Skip to main content

आगामी मङ्सिरमा सुदूरपश्चिम सरकारले लगानी तथा विकास सम्मेलन आयोजना गर्ने

Submitted by editor on
ईबिगुल संवाददाता
सम्मेलन आयोजना

कैलालीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने भएको छ।

सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन कार्यकारी समितिको प्रस्तावअनुसार सोमवार बसेकोे मन्त्रिपरिषद्को बैठकले मङ्सिर १ र २ गते लगानी तथा विकास सम्मेलन गर्ने निर्णय गरेको हो। यसअघि असोज १ र २ गते गर्ने भनिएको सम्मेलन विविध कारणले सारिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।