Skip to main content

धनगढीमा भएको भुवा प्रतियोगितामा बाजुरेली समाज पहिलो (फोटो फिचर)

Submitted by editor on
ईबिगुल संवाददाता
भुवा प्रतियोगिता

धनगढी : धनगढीमा जारी भुवा प्रतियोगितामा आयोजक बाजुरेली समाज पहिलो भएको छ । शुक्रबार धनगढी कर्भडलमा भएको भुवा चाली प्रतिस्पार्धामा बाजुरेली समाज पहिलो भएको निर्णयक कमिटिका संयोजक लालबहादुर थापाले जानकारी दिए ।

अत्तरिया बडीमालिका समाज चौकीडाँडा दोस्रो भएको छ । सुर्मादेवी बझाङ समाज र बाजुरा अछाम भुवा समाज चौमाला तेस्रो भएका छन् । प्रतिस्पार्धामा बाजुरा सेवा समाज रामशिखरझाला सुखडले सान्त्वना पुुरुूस्कार पाएको छ ।

प्रतियोगितामा पहिलो हुनेले नगद ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५÷१५ हजार पुरस्कार पाएका छन । प्रतियोगितामा ५ टिमले भाग लिएका थिए । पुरतस्कृत टीमलाई शनिबार समापन कार्यक्रममा गरिने जनाएको छ । बिहिबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।