कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका–११ भुजेलाबाट भीमदत्त नगरपालिका–१३ बडैपुर बस्ने २३ वर्षीय हरिश महरा र भीमदत्त नगरपालिका–१८ बस्ने २६ वर्षीय करन चन्दलाई १।३४ ग्राम लागूऔषध खैरो हेरोइनसहित प्रकरीले पक्राउ गरेको हो। दुवै जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।