धनगढी : नेपाली कांग्रेस गोदावरी नगरका युवा नेता गणेश शाहले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले आज मंगलबार सामाजिक सञ्जाल मार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।
आफ्नो सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन् , ‘श्रम ,स्वतन्त्रता, सृजनशिलता, र आत्मसन्तुष्टिका लागि जिवन जिउने अठोट सहित । लगभग दुई दशक लामो नेपाली काँग्रेसको यात्रा आज बाट विराम लिएको छु । आजबाट आफू नेपाली काँग्रेसको साधारण सदस्य नरहने गरि पार्टी परित्याग गरेको घोषणा गर्दछु ।’
उनले राजनीमा पत्र क्षेत्रीय सभापति एवम् वडा सभापति को ह्वाटसएप मार्फत पठाइएको जानकारी समेत गराएका छन् । शाह कैलाली जिल्लाको गोदावरी–४ मा युवाहरुमा शालिन नेताको रूपमा परिचित छन् । विद्यार्थी राजनीति संगै दुर्गालक्ष्मी नमुना विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत शाह भैसकेका छन् । उनको कार्यकालमा विद्यालयमा धेरै राम्रो कार्य भएको भन्दै प्रसंसा समेत भएको थियो ।
उनले दोस्रो पटक पनि विद्यालयको नेतृत्व लिन खोजेका थिए तर, पार्टी भित्रबाट नै त्यो सिंगन्ल नपाएपछि उनी असन्तुष्ट देखिन्थे । गोदावरी अर्थात कैलाली क्षेत्र नम्बर ४ मा काँग्रेस बलियो भए पनि गुटगट राजनीतिका कारण पछिल्लो समय कमजोर बन्दै गएको काँग्रेसलाई नजिक भएर चिन्नेहरु बताउने गरेका छन् ।
गोदावरीमा यस अघि अर्का कांग्रेसका युवा नेता प्रेम भट्टले पनि पार्टी परित्याग गरिसकेको घोषणा गरेका छन् । उनी पनि पार्टी तथा समाजमा राम्रो छवी बनाएको व्यक्ति हुन् । उनको मुल पेशा कृषि हो ।