Skip to main content

नेकपा एमाले कैलालीद्वारा जिल्ला अधिवेशनको लोगो सार्वजनिक

Submitted by editor on
ईबिगुल संवाददाता
लोगो सार्वजनिक

धनगढी : नेकपा एमाले कैलालीले जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ । पार्टी कार्यालय धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला ईञ्चार्ज गणेश सिह ठगुन्ना सहितका पदाधीकारीहरुले लोगो सार्वजनिक गरेका हुन ।

नेकपा एमालेको फागुन ६ र ७ गते कैलालीको सुखडमा नवौं जिल्ला अधिवेशन हुदैछ । अधिवेशन उद्घाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली आउने तयारी भएको पनि पत्रकार सम्मेलनमा  जानकारी गराईयो ।

नेकपा एमालेले कैलालीले नवौं अधिवेशनको लोगोमा जिल्लाका पर्यटकीय  र धार्मिक स्थलहरु समेटेको छ । शिवपुरी धाम, कर्णाली चिसापानीको पुल, तालहरु समेटेर लोगो बनाउन लगाएको हो । 

एमालेको सुखडमा हुने जिल्ला अधिवेशनमा ५६० जना प्रतिनिधिहरु रहने छन भने अध्यक्ष ओली आउने भएकाले एमालेले जनसभाको पनि आयोजना गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । एमालेले अधिवेशनमा पदाधीकारीका ईच्छुकहरुबाट फागुन ३ गते नै ईच्छापत्र आह्वान गरेको छ ।

एमालेले जनसभामा सहभागिताका लागि हरेक कैलालीबासीको घर÷घरमा निम्ता पठाउने तयारी पनि गरेको छ । ‘पालिका संघ प्रदेश र कैलाली जिल्ला, ८४ मा बन्छ एमालेको किल्ला’ नारा सहित एक लाख परिवारमा निम्ता पठाईने तयारी भएको जिल्ला सचिव डेजी पाण्डेले बताए । 

पार्टीका जिल्ला अध्यक्ष दुुर्गा प्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटब्युरो सदस्य गणेश ठगुन्ना प्रमुख अथिति रहेका थिए । केन्द्रिय सल्लाहकार परिषद सदस्य डिल्लीराज भट्ट, पार्टी सचिव डेजी पाण्डे लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।