Skip to main content

डडेल्धुराको स्याउलेमा बस दुर्घटना, १३ जना घाईते

Submitted by editor on
ईबिगुल संवाददाता
 १३ जना घाईते

डडेल्धुरा : डडेल्धुराको स्याउलेमा भेरी यातायातको बस दुर्घटना हुँदा १३ जना घाईते भएका छन । बाजुराबाट नेपालगञ्जतर्फ गइरहेको ना ६ ख ५४५० नम्बरको बस दुर्घटना हुँदा १३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था मध्यम रहेको र बाँकी सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ ।

बसको प्रेसर पाइप फुट्दा दुर्घटनाबाट जोगाउन चालकले बस नालीतर्फ लग्दा दुर्घटना भएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी कुसुम नायकले बताए ।