Skip to main content

डडेल्धुरा मेडिकल कलेजमा बिएमएलटीको अध्यापन सुरु

Submitted by editor on
डडेल्धुरा मेडिकल कलेज

डडेल्धुरा : सुदूरपश्चिम विश्वविद्यालय मातहत रहेको डडेल्धुरा मेडिकल कलेजमा मंगलबारबाट अध्यापन सुरु भएको छ । बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसँगै कलेजमा कक्षा सञ्चालन सुरु भएको मेडिकल कलेजका डिन डाक्टर हेमनाथ जोशीले बताए । 

१० जनाको कोटा पाएकोमा अहिलेसम्म ८ जना विद्यार्थी भर्ना भएका छन् । मंगलबार भने तीन जना विद्यार्थी उपस्थित भएका थिए ।
मेडिकल कलेज सञ्चालन आफैमा ठूलो विषय भएको डडेल्धुरा अस्पतालका निमित्त मेसु डाक्टर सन्तोष गुप्ताले बताए। आगामी तीन वर्षमा एमबीबीएस पढाइ सुरु गर्ने अठोट  लिएको बताए । सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजको रुपमा सञ्चालन गर्ने घोषणा गरेपछि पाँचवटा विषयको अध्यापन अनुमति मागिएको थियो । तर, चिकित्सा शिक्षा आयोगले यसवर्ष भने बिएस्सी एमएलटी अध्ययनको अनुमति मात्रै दिएको थियो ।

एमबीबीएस पढाइ सुरु गर्न भने कम्तीमा पनि तीन सय शैयामा अस्पताल स्तरोन्नति हुन आवश्यक छ । अहिले अस्पतालको एक सय शैयामात्रै स्विकृत हो । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका सातजना विद्यार्थी भर्ना भएसँगै कक्षा सञ्चालन सुरु भएको बताए । १० जनाको कोटा पाएकोमा बाँकी तीनजना भने शुल्क तिरेर पढ्न पाउनेछन ।