Skip to main content

चार सय गाईगोरुका कंकाल प्रकरण : प्रशासन मुकदर्शक

Submitted by editor on
ईबिगुल संवाददाता
गाईगोरुका कंकाल

धनगढी : कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर ९ को लक्ष्मी महिला सामुदायीक बनमा ४ सय भन्दा बढी गाईगोरुका कंकाल फेला परेपनि प्रसासनले त्यसको छानबिनमा ढिलाई गरिरहेको छ ।

कंकाल फेला परेको भन्दै विभिन्न मिडियामा समाचार आएको हप्ता दिनसम्म पनि त्यसको छानविन वा अध्ययनका लागि चासो दिईएको छैन । बुधबार कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मीश्रले त्यस क्षेत्रको अवलोकन पनि गरेका थिए ।

तर आईतबारसम्म एकजना संयोजक तोक्न बाहेकको कुनै कारवाही अघि बढेको छैन । जिल्ला प्रशासन कार्यालय कैलालीले भेटनरी अस्पताल तथा पुश विज्ञ केन्द्रका प्रमुख तथा पशुचिकित्सक हेमराज अवस्थीलाई अध्ययन टोलीको संयोजक तोकेपनि, त्यस टोलीलाई अझै पूर्णता दिईएको छैन ।

‘हामीले जिल्ला प्रहरी, जिल्ला समुन्वय समिति र पशुपंक्षी अन्वेषण प्रयोगशालालाई एक÷एक जना प्रतिनिधि पठाउन पत्राचार गरेका छौं । शुक्रबार पत्राचार गरिएको हो, त्यसको जवाफ आएको छैन’ भेटनरी अस्पताल तथा पुश विज्ञ केन्द्रका प्रमुख तथा पशुचिकित्सक हेमराज अवस्थीले भने ।

गोदावरी नगरपालिकाको वडा नम्बर ९ मा रहेको लक्ष्मी महिला सामुदायीक बनभीत्र रहेको कान्जी हाउस वरिपरि यत्रतत्र छरिएको अवस्थामा झण्डै ४ सय गाईगोरुका कंगाल फेला परेका थिए । 

स्थानीयको खेतीपाती नोक्सान गरेको भन्दै वडाध्यक्ष रामलाल रानाको उपस्थितिमा साउनको २ गते बसेको गाउलेहरुको बैठकले लक्ष्मी महिला सामुदायीक बनभीत्र पशुचौपाया राख्ने निर्णय गरेको थियो । सामुदायीक बनभीत्र तारबार लगाएर राखिएका ५ सय भन्दा बढी चौपाया मध्ये ४ सय बढी मरेका हुन ।

लक्ष्मी सामुदायकि बनकी अध्यक्ष अनीता चौधरीले वडाध्यक्ष रामलाल रानाले छाडा पशुचौयापाका लागि वडामा बजेट नभएको बताएपछि हरेक घरबाट सय रुपैया महिनाको संकलन गरेर ६ जना हेरालु समेत राखिएको बताईन ।

अहिले ४ सय बढी चौपाया मरेको खबरपछि वडाध्यक्ष राना आत्तिएका छन । उनी आफुलाई पशुचौपाया मरेको बारे कसैले जनकारी नगराए भन्दै गैरजिम्मेवार जवाफ दिदै आएका छन । प्रशासनले स्थगलत अनुुगमन गरेर पनि खासै चासो नलिएपछि जनमानसमा प्रशासनको आलोचना हुन थालेको छ ।