धनगढी : सेती प्रादेशिक अस्पतालमा पहिलो पटक मृगौलाको पत्थरीको दूरबिन पद्दतीबाट सल्यक्रिया सुरु भएको छ । विहीबार युरोलोजिष्ट डाक्टर जोनस तिवारीले अछामकि सेतु साउँदको दूरबिन पद्दतीबाट सल्यक्रिया गरे । विहीबार तीन जनाको दूरबिनबाट सल्यक्रिया गरिएको छ ।
सेतु साउनद ३ वर्षदेखि मृगोलाको पत्थरीबाट पिडित थिईन । ‘साउद सहित विहीबार तीन जनाको दूरबिन पद्दतीबाट सल्यक्रिया भएको छ । हामीले ४ जना भर्ना गरेका थियौं, एकजनाको रगतमा समस्या देखिएकाले पछि गर्ने भनियो’ डाक्टर तिवारीले भने । प्रादेशीक अस्पतालमा युरोसर्जन डा. तिवारीको नेतृत्वमा एनेस्थेसियाका डा. पूर्ण राधा श्रेष्ठ र अप्रेशन टीमले सल्यक्रिया गरेको हो ।
मृगौलाको पत्थरी हातले भन्दा पनि दूरबिन पद्दतीबाट गर्दा कम जोखिम हुन्छ । सेती प्रादेशीक अस्पतालमा यस्तो पत्थरीको सल्यक्रिका लागि बढीमा २०÷२५ हजार रकम लाग्ने अस्पतालले जनाएको छ ।
सेती प्रादेशीक अस्पतालका अध्यक्ष नर बहादुर शाहले मृगौलाको पत्थरीको जस्तो सुकै सल्यक्रिया पनि औषधी सहित २५ हजारभीत्रैमा गर्न सकिने बताए । ‘यो सेवा विहीबार देखि सुरु भएको हो । अब बन्द हुदैन’ उनले भने । ‘अब नीजि अस्पतालमा महंगोमा सल्यक्रिया गर्नुपर्दैन ।’
सेती अस्पतालमा सेवा सुरु भएपनि पालो नपाउने भएकाले अरु विषयका सल्यक्रियाहरु पनि नीजि अस्पतालमा हुने गरेका छन । तर अध्यक्ष शाहले अस्पताल समयमा भ्याउने जती सल्यक्रिया गरिने बताए ।
युरोसर्जन २ वर्ष देखि सेती प्रादेशीक अस्पतालमा कार्यरत रहेपनि, त्यहाँ ब्यवस्थापनले दूरबिन पद्दती सञ्चालन नगरेका कारण सल्यक्रिया गर्न सकिरहेका थिएनन ।