Skip to main content

नयाँ सत्ता समिकरणभीत्र सुदूरपश्चिममा नागरिक उन्मुक्ति निर्णायक, दुबै हातमा लड्डु

Submitted by editor on
सुदूरपश्चिममा काँग्रेस १८, नागरिक उन्मुक्ति पार्टी ७ र समाजवादी ४ गरी २९ जनाको बहुमत जुटन सक्ने आँकलन पनि गरिन थालिएको छ
शिवराज भट्ट
 पनि गरिन थालिएको छ

धनगढी : केन्द्रमा सत्ता समिकरण परिवर्तन भएसँगै सुदूरपश्चिम प्रदेशमा पनि सत्ता समिकरणका चर्चाहरु हुन थालेका छन । सुुदूरपश्चिमका लागि नागरिक उन्मुक्ति पार्टी नयाँ गठबन्धनभीत्र निर्णयक शक्ति देखिएको छ । 

परिवर्तन भएको सत्ता गठबन्धनमा नेपाली काँग्रेसका १८, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ गरी ३९ प्रदेश सभा सदस्यको दुुई तिहाईको सरकार थियो । काँग्रेसका कमल बहादुर शाह संविधानको धारा १६८(३) अनुसार संसदमा ठुलो दलको हैसियतमा मुख्यमन्त्री भएका थिए ।

तर बर्तमान गठबन्धनमा समाजवादीले सरकारमा जाने निर्णय नगरिसक्दा नेकपा एमाले ११, नेकपा माओवादी केन्द्र सभामुख बाहेक ९ जना र नागरिक उन्मुक्तिका ७ जनाको समर्थन चाहिने देखिन्छ । समाजवादी सरकारमा आयो भने पनि एमाले, माओवादी र समाजवादीका गरी २४ सदस्य मात्रै पुुग्छन  । त्यसैले सरकार बनाउन नागरिक उन्मक्ति पार्टी निर्णयक देखिएको हो ।

प्रदेश सभामा काँग्रेसका बझाङबाट प्रदेश सभा सदस्य पृथ्वी  बहादुर सिहको दुर्घटनामा मृत्युभईसकेको छ । मौजुदा ५२ सदस्यीय प्रदेश सभामा सभामुख बाहेक ५१ जना सदस्य छन । ‘बहुमतका लागि २६ जना प्रदेश सभा सदस्य आवश्यक पर्छन’ प्रदेशका न्यायाधिवक्ता ठेकेन्द्र राज जोशीले भने । 

नागरिक उनमुक्ति बाहिर बस्यो भने पनि नेकपा एमाले ११, माओवादी ९, समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ गरी २६ जना पुथ्यो तर वर्तमान सत्ता गठबन्धनले राप्रपालाई नलिने निर्णय गरिसकेको छ । स्वतन्त्र प्रदेश सभा सदस्यले सरकारमा सहभागि भएपनि बहुमत पुग्दैन ।

नागरिक उन्मुक्ति पार्टी निर्णयक भएकाले उसले सुदूरपश्चिममा मुख्यमन्त्री माग गरेको छ । नागरिक उन्मुक्तिका नव निर्वाचिन अध्यक्ष रेशमलाल चौधरीले सोमबार विहान भएको नयाँ सत्ता गठबन्धनको बैठकमा सुदूरपश्चिममा मुख्यमन्त्री माग गरेका छन । यद्यपी दलहरुको भागबण्डाको खाका भने बाहिर आईसकेको छैन । 

कमल बहादुर शाह नेतृत्वको सरकारमा पनि भागबण्डा नमिलेको भन्दै नागरिक उन्मुक्ति पार्टी सरकार गठन भएको ६ महिनापछि मात्रै एक मन्त्री र एक राज्यमन्त्रीमा चित्त बुुझाउदै सरकारमा गएको थियो । 

नागरिक उन्मुक्ति पार्टी र समाजवादी सरकारबाट बाहिर रहेभने सुदूरपश्चिममा काँग्रेस १८, नागरिक उन्मुक्ति पार्टी ७ र समाजवादी ४ गरी २९ जनाको बहुमत जुटन सक्ने आँकलन पनि गरिन थालिएको छ । यद्यपी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले नयाँ गठबन्धन प्रति आफु सकारात्मक रहेको प्रतिक्रिया दिएका छन ।