Skip to main content

शाह नेतृत्वको सरकारमा सहभागि हुनेलाई अब के गर्छिन रञ्जीता (कुराकानी)

Submitted by editor on
शिवराज भट्ट
 रञ्जीता

तपाईको पार्टी सरकारमा की प्रतिपक्षमा ?
– सरकारमा नी । हामी नयाँ गठबन्धनमै छौं । विहीबारको प्रतिनिधि सभाको बैठकमा पनि हाम्रो पार्टी सत्ता पक्षमै बस्यो नी, देख्नुुभयो होला । त्यसैले हामी सत्ता पक्षमै छौं ।

कसरी मान्ने के तपाई सत्ता गठबन्धनमा हो भनेर ? पार्टीको कुनै निर्णय नै बाहिर आएको छैन ?
– निर्णय आई हाल्छ नी । हामी छलफलमै छौं । केही दिन विरामी भएकाले मैले पार्टीका नेताहरुसँग छलफल गर्न पाएको थिएन । अलि सञ्चो भएको छ । अब छिट्टै सरकारमा जाने निर्णय हुन्छ ।

तपाई नयाँ गठबन्धनमा हो भनिरहनु भएको छ । सुदूरपश्चिममा तीन÷तीन जना मन्त्रीहरु काँग्रेसको नेतृत्वको सरकारमा सपथ लिईरहेका छन ?
– त्यो कुरा मलाई थाहा छैन । सुदूरपश्चिमको प्रदेश सभामा हामी ७ प्रदेश सभा सदस्य छौं । रेशम जी विहीबार नै धनगढी जानुभएको हो । उहाँलाई कसले त्यस्तो सल्लाह दियो, मलाई थाहा छैन । पार्टीको आधिकारिक अध्यक्ष म हुँ । मसँग कसैले पनि सल्लाह गरेको छैन । मैले सरकारमा गएकाहरुलाई फिर्ता बोलाउन संसदीय दलका नेतालाई निर्देशन गरिसकेको छु ।

संसदीय दलले बोलाएन भने के हुन्छ ? ७ जना प्रदेश सभा सदस्य मध्ये ४ जना त मन्त्री नै भईसके नी ।
– होईन, सल्लाह नगरि मन्त्री भए भन्दैमा हुन्छ । पार्टीको विधि विधान हुदैन । मैले संसदीय दललाई  कमल बहादुर शाह नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिन निर्देशन गरिसकेको छ । फिर्ता भएनन भने त त्यसपछिको प्रकृया छदैछ नी ।

त्यो भनेको के कारवाही ठोक्छु भन्ने हो ?
– मेरै मुखबाट बोलाउन नलगाउनुस न । चार जना बेग्लै पार्टीका हुन भने त मेरो भन्नु केही छैन । तर नागरिक उन्मुक्ति पार्टीका हुन भने पार्टीको विधान अनुसार अध्यक्षले दिएको निर्देशन उनीहरुले मान्नुपर्छ । मलाई मान्नेछन भन्ने विश्वास छ । 

उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्य, ४ जना मन्त्री नै भईसके । उनीहरु बहुमत भएनन त ?
– मैले अघि नै भनिसके नी, उनीहरु बेग्दै पार्टीका हुन भने केही छैन । नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरुले पार्टीका नीति, विधि र विधानमा रहनुपर्छ । 

त्यसो भए रेशम चौधरी एकातिर तपाई अर्कोतिर जस्तो देखिएन ?
– देखियो त । यो पार्टी एउटा घटनापछि जन्मिएको पार्टी हो । यो पार्टी जन्माउन रेशमजीको ठुलो योगदान छ । तर अहिले त पार्टी अध्यक्ष म हुँ नी । मसँग कुनै परामर्ष नै नगरी, छलफल नै नगरी सरकारमा जाने भन्ने विधि संगत हुन्छ र ? रेशमजीका धेरै कुराहरु हामीले विगतमा पनि मान्दै आयौं, अझ पनि मानौला तर उहाँलाई कसले यस्तो सल्लाह दिईरहेको छ । थाहा छैन । नाताले हामी श्रीमान श्रीमती होउला, तर हामी २ जनासँग पार्टीको भविष्य पनि त जोडिएको छ नी । लाखौं मतदाता र कार्यकर्ताका पनि त भविष्य जोडिएको छ नी । (कुराकानीका आधारमा)