Skip to main content

डडेल्धुरा पुगेर ओलीले भने ‘देउवा पैसा बाँडेर जित्ने गरेका रहेछन’

Submitted by editor on
एमाले डडेल्धुराको परसुराममा पाँचौ जिल्ला अधिवेशन उदघाटन
ईबिगुल संवाददाता
एमाले डडेल्धुराको परसुराममा पाँचौ जिल्ला अधिवेशन उदुघाटन

डडेल्धुरा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापती शेरबहादुर देउवाले देशको मात्र होइन डडेल्धुराको विकासका लागि समेत केही काम गर्न नसकेको बताइका छन । 

नेकपा एमाले डडेलधुराको नवौँ जिल्ला अधिवेशनको सोमबार पर्शुराममा उदुघाटन गर्दै अध्यक्ष ओलीले पाँच पटक प्रधानमन्त्री हुँदा पनि देउवाले देखाउन लायकको कुनै काम गर्न नसकेको आरोप लगाए । ‘मैले देउवाजीलाई सोधेको थिएँ, पाँच–पाँच पटक प्रधानमन्त्री हुनुभयो, देशको लागि के गर्नु भयो ? भन्दा उहाँले भन्न सक्नु भएन’ ओलीले भने ।

आफूले प्रधानमन्त्री हुँदा देशको विकास र समृद्धिका लागि अनेकन काम गरेको ओलीको दाबी थियो । आफूले सरकारको नेतृत्व गर्दा देशै भर ठुला परियोजना एकै साथ सुरु गरेको उनले स्मरण गराए ।

शेरबहादुर देउवाले खुलेआम पैसा बाँडेर चुनाव जित्ने गरेको पनि ओलीको आरोप थियो । त्यो आफूले लगाएको आरोप नभई  टेलिभिजनमा लाइभ देखिएको ओलीले बताए । ‘उहाँको जित्ने तरिका त्यही हो’ ओलीले भने ।

आफूले सराकारको नेतृत्व गर्दा उत्पादन वृद्धिदर ७ प्रतिशत माथि पुगेको भए पनि आफू सरकारबाट हट्ने बित्तिकै अर्थतन्त्र निरन्तर ओरालो लागेको ओलीले बताए । सेती लोकमार्ग, महाकाली करिडोर, मदन भण्डारी मध्य पहाडी लोकमार्ग, ३ सय ९६ अस्पताल, सबै पालिकामा औद्योगिक ग्रामहरू लगायतका धेरै काम आफूले सुरु गरेको ओलीले दाबी गरे ।

ओलीले डडेल्धुराको विकासको लागि अब नेकपा एमालेले काम गर्ने बताए । ‘शेरबहादुर देउवाले आफ्नै गाउँमा अस्पताल बनाउने घोषणा समेत कार्यान्वयन गर्नुभएन’ ओलीले भने । ‘डडेल्धुराका जनताले राखेको माग एमालेले पूरा गर्छ ।’

ओलीले एमालेका नेता र जनप्रतिनिधि जनतालाई बाटो देखाउने काम गर्नुपर्ने बताए । कृषिमा कसरी आधुनिकीकरण गर्न सकिन्छ र त्यसलाई कसरी बजारसम्म पु¥याउन सकिन्छ भन्ने कुरामा ध्यान जानु पर्नेमा उनको जोड थियो ।