Skip to main content

अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या आरोपी १२ जना पक्राउ

Submitted by editor on
पदमबहादुर सिंह
चेतनदीप अयडी

बाजुरा : अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका तत्कालिन अध्यक्ष ३२ वर्षिय चेतनदीप अयडीको हत्याको आरोप लागेका १२ जना पक्राउ परेका छन । उनीहरुलाई सोमबार पक्राउ गरिएको हो । 

हत्या आरोप लागेका तर फरार रहेका नर अयडी, नरेश अयडी, मंगल अयडी, मोहनबहादुर अयडी, नविन अयडी, लोकेश अयडी, जीवन अयडी, उद्धव अयडी, अनिता रौले अयडी, धना देवी अयडी,  पदमबहादुर अयडी र ईश्वरा देवी अयडीलाई सदरमुकाम मार्तडीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिंह भण्डारीले जानकारी दिए ।

०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा त्रिवेणी नपारपालिका ७ को नाटेश्वरी आधारभुत विद्यालय मतदान केन्द्रको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताहरूले चेतनदीप अयडीको घरमै गएर कुटपिट गरी हत्या गरेका थिए । 

घटनाका आरोपी नर बहादुर अयडीलाई अनेरास्ववियु र युवा संघका युवाहरूले गिरफ्तार गरी प्रहरीलाई बुझाएको युवा संघ बाजुराका अध्यक्ष मिलन अयडीले बताए । अन्य ११ जनालाई प्रहरीले गोप्य सुचनाका आधारमा गिरफ्तार गरिएको प्रहरी निरिक्षक भण्डारीले जानकारी दिए ।

मंसिर ४ गते त्रीवेणी नगरपालिका–७ मा ३२ वर्षीय ऐडीको कुटपिट गरी हत्या गरिएको थियो । हत्या आरोपमा चेतनका बुबा गगने अयडीले २४ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । उनीहरुमध्ये मंसिर १९ गते सवोच्च अदालतले शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी र धनराज थापालाई पूर्वक्षका लागि पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । यस्तै रुपा चौधरी, विनोद अयडी, चक्र अयडी, जुद्ध अयडी, भुपाल अयडी, र रनसिहं अयडीलाई साधारण तारिकमा रिहागर्न आदेश दिएको थियो ।

२०८० चैत्र ८ गते जिल्ला अदालत बाजुराको आदेशमा रतन अयडीलाई साधारण तारिकमा छा्ड्न आदेश दियो भने निरज अयडीलाई तीनलाख धरौटी सहित तारिकमा छोड्न आदेश दिएको जिल्लाप्रहरी कार्यालयका सुचना अधिकारी दानसिंह भण्डारीले बताए । सोमबार पक्राउ परेकाहरुको बयान सुरु भएको प्रहरीले जनाएको छ ।