Skip to main content

बैतडीको झौलेक मोडमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
टयाक्टर दुर्घटना

बैतडी :  बैतडीको सुर्नयाबाट खोडपे गईरहेको टयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार विहान से२त ३६७८ नम्बरको ट्रयाक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो ।  

दुर्घटनामा  दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । उनले परिचय नखुलेका ट्रयाक्टर चालक र त्यसमा सवार राजेश चौधरीको मृत्युभएको बताए ।

दुर्घटनाग्रस्त ट्रयाक्टर सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण यकिन भइनसकेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।