Skip to main content

बैतडीका पत्रकार कृष्ण विष्टका बुवाको ट्याक्टर दुर्घटनामा मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
बैतडी सम्बाददाता कृष्ण बिष्टलाई पितृशोक

धनगढी : अन्नपूर्ण पोस्टका बैतडी सम्बाददाता कृष्ण बिष्टलाई पितृशोक परेको छ । उनका ५५ वर्षिय बुवा मन्धीर विष्टको बिहीबार राती ट्याक्टर दुर्घटनामा मृत्युभएको हो । 

बैतडीको सुर्नयाबाट खोडपे गईरहेको से२त ३६७८ नम्बरको टयाक्टर विहीबार राती ११ बजेतिर जयपृथ्वी सिह राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको थियो । दुर्घटनामा चालक राजेश चौधरी र विष्टको मृत्युभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । 

राती भएको दुुर्घटनाको शुक्रबार रिपोर्टिङ गर्न गएका बेला सम्बाददाता विष्टले आफ्नै बुवाको दुर्घटनामा निधन भएको थाहा पाएका हुन । प्रहरीले चालक राजेश चाैधरी र सनाखत हुन नसकेका एकजनाको मृत्युभएको समाचार पठाएर, विष्ट रिपोर्टिङका लागि मोटरसाईकलमा घटनास्थल गएका थिए ।

‘समाचार बनाए, स्थानीय रेडियोमा पढे पनि, अनी घटनास्थल जाँदा आफ्नै बुवाको शव देखेपछि सम्हाल्न गारो भईरहेको छ’ बैतडीका अर्का पत्रकार सिपि लोहियाले भने । ‘बुवा सुर्नया क्षेत्रमा काठको काम गर्नुहुन्थ्यो, राती घर फर्किरहनु भएको रहेछ । घरमा आईरहेको खबर पनि भएनछ ।’