Skip to main content

बझाङमा मतगणनाका लागि सर्वदलीय बैठक सुरु, तीन समूहमा मतगणना हुने

Submitted by editor on
ईबिगुल संवाददाता
सर्वदलीय बैठक

बझाङ : बझाङमा मतपेटिका संकलन भएसँगै मतगणनाका लागि सर्वदलीय बैठक बसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार केहीबेर अघि बैठक बसेको हो । बैठकमा मतगणना बारे छलफल भईरहेको छ । 

‘मतपेटिका संकलन भईसकेका छन । गणकहरु तयारी अवस्थामा छन । दलहरुले आचार संहीता बनाउने वित्तिकै मतगणना सुरु हुन्छ’ मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भने । निर्वाचन कार्यालयले तीन स्थानमा मतगणना गर्ने तयारी गरेको छ ।