Skip to main content

अत्तरियाको नीशा होटलबाट दुई युवती र एक युवक पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
३ जना युवा युवती पक्राउ

अत्तरिया : कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना युवा युवती पक्राउ परेका छन । प्रहरीले गोदावरी नगरपालिका २ रिङरोड स्थित निसा होटलबाट अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै ३ जना युवा युवतीलाई पक्राउ गरेको हो । 

बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले शनिबार साँझ उनीहरुलाई पक्राउ गरेको थियो । 

पक्राउ परेकाहरुको नाम भने खुलाइएको छैन । पक्राउ पर्नेमा एक पुरुष र २ महिला रहेका छन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।