Skip to main content

बझाङमा एमालेका दमन भण्डारी दोब्बर मतान्तरले अगाडी

Submitted by editor on
ईबिगुल संवाददाता
बझाङमा एमालेका दमन भण्डारी दोब्बर मतान्तरले अगाडी

बझाङ : जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिएको छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका दमन भण्डारी दोब्बर मतले अगाडि छन् । उनले १२६३ मत प्राप्त गर्दा  कांग्रेसका अभिशेक सिंहले ६३६ मत प्राप्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका जनक बुढाले ३५२ मत प्राप्त गरी तेस्रो स्थानमा छन ।  यसैगरी एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३१६ मत प्राप्त गरेका छन्। 

बझाङ प्रदेशसभा– १ मा शनिबार सम्पन्न उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो ।