Skip to main content

पलियामा भेटिएका नेपाली दुर्ब्यसनीहरुलाई भारतीय प्रहरी सीमानामा ल्याएर छोडदै

Submitted by editor on
मंगलबार एक र बुधबार २ गरी तीन युवतीलाई भारतीय प्रहरीले बोर्डरमा छोडेको छ ।
ईबिगुल संवाददाता
तीन किशोरी

धनगढी :  भारतको पलियामा बेहोस भेटिएका तीन किशोरीलाई भारतीय प्रहरीले गौरीफन्टा पु¥याएको छ । भारतीय प्रहरीका अनुसार उनीहरू पलियामा लागुऔषध सेवन गरेर बेहोस भएका थिए ।

सडकमा बेहोस भेटिएका दुर्व्यसनी किशोरीहरूलाई भारतीय प्रहरीले गाडिमा राखेर नेपाल–भारत सीमा क्षेत्र गौरीफन्टा पु¥याएको हो । धनगढीका तीन किशोरीलाई भारतीय प्रहरीले नेपाल सीमामा ल्याएर छोडेको हो ।

धनगढीकी चन्दा विक, रिया पाली र माया पालीलाई भारतीय प्रहरीले पलियाबाट गौरीफन्टासम्म ल्याएको भारतीय समाचार माध्यमले जनाएका छन । उनीहरूलाई सीमा क्षेत्रमा रहेको शान्ति पुनर्स्थापना गृहमा राखिएको र पछि आफन्तले बुझेर लगेका बताईएको छ ।

‘भारतीय प्रहरीले पलियामा दुई÷तीन जना किशोरीहरु लागुपदार्थ सेवन गरेर बेहोस भईरहेको खबर गरेको थियो, उनीहरु नेपालमा नपाएर भारतमै गएर खाने गरेका छन । उनीहरुलाई सीमा नाकामा ल्याएर छोडिएको भन्ने जानकारी आएको छ, तर प्रहरीलाई भने बुझाएको होईन’ जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कवीन्द्र सिंह बोहराले भने ,मंगलवार एक जना र बुधवार २ जना किशोरीहरूलाई भारतीय प्रहरीले गौरीफन्टा सीमा क्षेत्रमा ल्याएर छोडेको हो । 

भारतीय प्रहरीका अधिकारी यादवेंद्र यादवले पलिया, वनवगा लगाएतका सहरहरू लागुऔषध सेवनकर्ताहरूको अखडा बन्दै गएको भारतीय सञ्चार माध्यमलाई बताएका छन । नेपाली सेवनकर्ताहरू बढेपछि पलिया बदनाम हुन थालेकाले भन्दै भारतीय प्रहरीले उनीहरूको सूचि तयार गरिरहेको छ ।

नेपाल तर्फ लागुपदार्थमा कडाई गरिएकाले, दुब्र्यसनीहरु भारतमै गएर सेवन गर्न थालेका हुन । भारतमा लोक सभाको निर्वाचन भईरहेकाले पनि भारतीय प्रहरीले चेकजाँचमा कडाई गरेको छ ।