Skip to main content

धनगढीको उत्तरबेहडीबाट ब्राउनसुगर सहित ६ जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
लागूऔषध

धनगढी : कैलालीको धनगढीबाट प्रहरीले लागूऔषध बरामद गरेको छ । बिहिबार धनगढी उपमहानगरपालिका  ४ उत्तरबेहडीका १८ वर्षीय विकाश नेपालीको घरमा खानतलासी गर्दा लागूऔषध बरामद गरिएको हो ।

गोप्य सूचनाको आधारमा प्रहरीले उनी सुत्ने कोठामा चेकजाँच गर्दा ३ ग्राम ८२० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको जनाएको छ । प्रहरीले घटनाको अनुसन्धानका क्रममा नेपाली सँगै बिक्रिबितरण र सेवनमा संलग्न भएको आशंकामा सोधपुछको लागि ५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपलिका  ३ चटकपुरका १९ वर्षीय प्रबिण खड्का, २१ वर्षीय लक्ष्मी प्रशाद जोशी, धनगढी उपमहानगरपलिका  २ का २३ वर्षीय चेतन पनेरु, धनगढी उपमहानगरपलिका ४ का पारस खड्का र डोटीको जोरायल गाउँपालिका  १ का २२ वर्षीय बिक्रम पातली रहेका प्रहरीले जनाएको छ ।