Skip to main content

मुख्यमन्त्री सोडारीले विश्वासको मत नपाउने भएपछि, प्रदेशसभाको बैठक स्थगित

Submitted by editor on
ईबिगुल संवाददाता
स्थगित

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिने भनेर बोलाईएको संसद बैठक शनिबार बेलुकी साढे ५ बजेसम्मका लागि स्थगित गरिएको छ । 

संसद सचिवालयले सूचना टाँस गर्दै शनिबार बेलुकी ५ बजेसम्मका लागि स्थगित भएको जनाएको छ ।

एमालेले सरसल्लाह नगरेको भन्दै शुक्रबार विश्वासको मत दिन नसकिने बताउदै आएको थियो । काँग्रेसले उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री नियुक्त नगरेर संविधान मिचेको भन्दै संसद अवरुद्ध पार्ने चेतावनी दिदै आएको थियो ।