Skip to main content

डडेल्धुराको ९० प्रतिसत वनमा डढेलो, बन पैदावारमा करोडौंको क्षती

Submitted by editor on
ईबिगुल संवाददाता
९० प्रतिसत वनमा बढेलो

डडेल्धुरा : डडेल्धुराको ९० प्रतिसत वनमा बढेलो लागेको छ । डढेलोवाट वन जोगाउन आवश्यक रणनीति तयार नहुँदा वर्षेनी वनजगंल आगोको चपेटामा पर्दै आएको छ । सदरमुकामको श्रीषिखोला सामुदायिक वन तथा रानीवनमा आगोले नष्ट गरेको पहिलो पटक हो । अजयमेरुको शिखरसुईडोव सामुदायिक वनमा २० वर्ष पछि डढेलो लागेको छ ।

५सय ३ सामुदायिक वन, १ सय ७७  कवुलियती वन र अन्य सरकारी वन क्षेत्र रहेको डडेल्धुरा अहिले प्राय आगोको लप्कामा परेको जिल्ला वन डिभिजन कार्यालयका वन अधिकृत रणेन्द्र सिंहले जानकारी दिए । आगोको कारण मानव शरिर र अन्य जीवजन्तुमा समेत असर परिरहेको वन अधिकृत सिंहको भनाई छ । आगो नियन्त्रणका लागि प्रयास गर्दापनि सुख्खायाम र आवश्यक जनशक्ती अभावका कारण, जोगाउन नसकिएको वनकर्मी वताउछन् ।

कतिपय मानववस्तीमा पसेको आगोभने प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणगरि जोखिम मुक्त भने गरिएको छ । दशकौं देखि जोगाएको वन आगोले जलाउदा मन पोलेको उपभोक्ताको भनाई छ ।

वन डढेलोको कारण वतावरण प्रदुषण भई रहेको छ भने वन्य जन्तु जलेर मरेका छन भने धेरै बन्यजन्तु बस्तीतिर पसेका छन । जगंलमा चराचुरंगी र वन्यजन्तु प्रभावित भई कतिको संख्यामा आगोले ज्यान गुमाएको एकिन तथ्याकं भने वाहिर आएको छैन । जिल्लाको माहाभारत क्षेत्र, चुरे क्षेत्र र सीमसार क्षेत्रमा समेत डढेलो पुगेको वन डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्लाका अजयमेरु गाउपालिका १ शिखर सुईडोव सामुदायिक वनमा २० वर्ष पछि आगो लाग्दा जंगल सखाप हुनका साथै वन्यजन्तु प्रभावित भएको स्थानिय बताउछन् । अजयमेरु १ कै वालकल्याण मावि परिषरमा सामुदायिक वनमा लागेको ढडेलोले विद्यालयको वगैचामा क्षती पुगाएको छ । 

समयमा सावधानी नअपनाउदा लाखौंको क्षेति व्यहोर्नु परेको र वन्यजन्तु नष्ट भएका छन्  । गर्मी मौसम सुरुहुनु भन्दा अगाडी नै सचेतना मुलक कार्यक्रमका साथै आगोवाट वनलाई जोगाउन अग्नी रेखा, उपभोक्तालाई आगो नियन्त्रण सम्वन्धि तालिम र सुरक्षाका सामाग्री उपलव्ध गराउनु पर्नेमा त्यसो नगरिदा समस्या आएको छ ।