Skip to main content

पश्चिम टुडेका सम्पादक उपाध्यायलाई आईकन अफ सुदूरपश्चिम अवार्ड

Submitted by editor on
ईबिगुल संवाददाता
आईकन अफ सुदूरपश्चिम

धनगढी : नेपाल युवा परिषदले पत्रकार दीर्घराज उपाध्यायलाई आईकन अफ सुदूरपश्चिम अवार्ड प्रदान गरेको छ ।

नेपाल युवा परिषदद्वारा धनगढीमा आयोजित प्रदेश युवा सम्मेलनमा पश्चिम टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक समेत रहेका उपाध्यायलाई पत्रकारिता बिधा तर्फको आईकन अफ सुदूरपश्चिम अवार्ड प्रदान गरिएको हो ।

प्रदेश युवा सम्मेलनका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले पत्रकार उपाध्यायलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरे ।

पत्रकारिताका माध्यमबाट सुदूरपश्चिमको पर्यटन क्षेत्रको विकासमा योगदान उगाएको भन्दै उपाध्याय सम्मानित भएका हुन । बिहीवार शुरु भएको प्रदेश युवा सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनको दोस्रो दिन बिभिन्न बिधामा योगदान पु¥याउने व्यक्तिहरुलाई आईकन अफ सुदूरपश्चिम अवार्डबाट सम्मान गरिएको हो ।

सम्मेलनमा सुदूरपश्चिम प्रदेशका रक्तदाताहरु मध्ये सर्वाधिक १०५ पटक रक्तदान गर्ने दीपक उपाध्याय, उद्योगी तर्फ आदित्य अग्रवाल, शिक्षा क्षेत्र तर्फ अनिता जोशी, समाजसेवा तर्फ कल्पना भट्ट, संगीत तर्फ रेखा जोशी, सूचना प्रबिधि तर्फ दिपेन्द्र जोशी लगायतलाई आईकन अफ सुदूरपश्चिम अवार्डबाट सम्मान गरिएको थियो ।