Skip to main content

आज बेलुकी ६ बजेदेखि तीनदिनसम्म गौरीफन्टा सीमानाका सील

Submitted by editor on
ईबिगुल संवाददाता
आज बेलुकी ६ बजेदेखि तीनदिनसम्म गौरीफन्टा सीमानाका सील

धनगढी : कैलालीका सीमा नाका आजबाट बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीकाले बिहीवार सूचना जारी गरी आज (२८ गते) साँझ ६ बजेदेखि ३१ गते मतदान सम्पन्न नभएसम्म कैलाली जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने जनाएको हो। 

वैशाख ३१ गते भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा लोकसभा निर्वाचन हुँदैछ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सीमा नाका बन्द गरिएको सूचनामा उल्लेख छ ।