Skip to main content

काँग्रेस र नाउपाका सांसदको नाराबाजीपछि संसद बैठक स्थगित

Submitted by editor on
ईबिगुल संवाददाता
काँग्रेस र नाउपाका सांसदको नाराबाजीपछि संसद बैठक स्थगित

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले बिहिवार बिहान १०ः१५ बजे विश्वसको मत लिनका लागि बोलाइएको बैठकमा प्रतिपक्षमा रहेका दलहरुले नाराबाजी गरेका हुन् ।

केही ढिलो गरी सुरु भएको बैठकमा  नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीका रेशम पक्षका सांसदहरूले बैठक अवरुद्ध पारेका हुन । उनीहरूले सभामुख भीमबहादुर भण्डारीले बैठक सुरुगरेपछि विरोध गरेका थिए । सभामुख भण्डारीले मुख्यमन्त्री सोडारीलाई विश्वासको मतका लागि बैठक आह्वान गरिएको बताएका थिए । 

तर काँग्रेस र नाउपाका ५ जनाको विरोध  पछि बैठक आधा घण्टाका लागि बैठक स्थगित गरिएको हो । उनीहरूले मुख्यमन्त्री नियुक्ती प्रकृया संवैधानीक नभएको आरोप लगाउदै आएका छन ।