ऐनमा देखिएका प्रक्रियागत जटिलता, करको दरका विषयमा देखिएका विरोधाभास र नयाँ स्टार्टअपलाई प्रोत्साहनका विषयमा नयाँ आर्थिक विधेयकले सकारात्मक सम्बोधन गरेको छ । कोइला तथा पेट्रोलियम तेलहरू र बिटुमिनमा हरित करको नयाँ अवधारणा लिएर आएको सरकारले वितरणमुखी बजेटमा ध्यान दिए तापनि साना तथा मझौला करदाताहरूलाई खासै सम्बोधन गर्न सकेको देखिँदैन ।
आयकरको दरमा खासै हेरफेर गरिएको छैन, अन्तशुल्ककादरमा सालवसालि परिवर्तन हुने करका दरहरु परिवर्तन भएका छन, भन्सार महसुलका सम्बन्धमाभने यस वर्षबाट छुट्टै भन्सार महसुल विधेयक ल्याइएको छ ।विगतमा मूल्यवृद्धि कर लगाइएका केही अनिवार्य आवश्यकताका वस्तुलाई करछुट गरिएको छ भने केहीलाई कर लगाइएको छ । आर्थिक विधेयकले आयकर तथा मूल्य अभिवृद्धि कर ऐनमा गरेका मुख्य संशोधनहरू यस्ता छनः
आयकरतर्फ संशोधनः
१. नयाँ सेयर होल्डर थपिँदा दफा ५७ लागु नहुनेः शेयरवाला वा साझेदारको सेयर संख्या र पुँजी रकम यथावतैरही नयाँ सेयरवालावा साझेदार थप भई पूँजी वृद्धि भएको अवस्था मादफा ५७ आकर्षित नहुने भएको छ। जसले गर्दा करदाताले कर योजना बनाइ नियन्त्रणमा भएको परिवर्तन बाट सिर्जना हुने आयकर दायित्व लाई व्यवस्थापन गर्न सहज हुने देखिन्छ।
२. व्यवसायको रकम व्यक्तिगत खातामा राख्न नपाइनेः व्यवसायिक कारोबार बापतको रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न नपाइने भएको छभने मासिक रु २५ हजारभन्दा बढीको पारिश्रमिक रकम बैंकिङ च्यानलबाट भुक्तानी गर्नुपर्ने भएको छ सो नगरेमा उक्त रकम कर प्रयोजनका लागि खर्च कट्टी गर्न नपाइने भएको छ।
३. भन्सारमा तिरेको अग्रिमकर मिलान गर्न नपाइनेः जीवित जन्तु, मासु, माछा, फूलहरू, फल तथा काष्ठ फल र अन्य उत्पादनमा १०प्रतिशत रदुग्धजन्य पदार्थ, अण्डा, मह, बिउ बाहेकका सबै प्रकारका खाद्यान्न, मैदा, आटा, पिठो, जडीबुटी, उखुरवनस्पति जन्य वस्तुको हकमा२।५ अग्रिम करभन्सार बिन्दुमा असुल हुने भएको छ।विगतमा ताजा तरकारी, आलु प्याज, सुख्खा तरकारी, लसुन लगायतका उत्पादनमा समेत अग्रिमकर असुल गर्नुपर्नेमा सो व्यवस्था हटाइएको छ।यसरी असुल भएको अग्रिम आयकर रकम बढी भएमा अर्को वर्ष मिलान गर्न नपाइने भएको छ।तर कर प्रयोजनका लागि यस्तो मिलान हुन नपाएको अग्रिम कर रकमलाई खर्च कट्टी गर्न भने पाइने भएको छ ।जसले गर्दा आयात गरिएका यस्ता वस्तुको लागत बढ्ने देखिन्छ।
४. आम्दानीमा कर लाग्नेः विगतमा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो उदेश्य अनुरुप आर्जन गरेको रकममा कर छुट हुँदै आएकोमा आगामी वर्षदेखि त्यस्तो आयमा कर छुट नहुने भएको छ ।
५. सूचना प्रविधि उद्योगलाई छुट: सञ्चित मुनाफालाई सोही उद्योगको क्षमता विस्तारको लागि शेयरमा पुँजीकरण गरेको अवस्थामा लाभांश वितरण स्वरूप लाग्ने लाभांश करमा शत प्रतिशत छुट सुविधा सूचना प्रविधि उद्योगले समेत पाउने भएका छन्, विगतमा यस्तो छुट विशेष उद्योगलाई मात्र थियो।
६. कम्प्युटर बिलिङ सम्बन्धी कसुरमा दोहोरो जरिवाना लाग्नेः तथ्याङ्क मेट्न वा सच्याउन सकिने कम्फ्यूटर बिलिङ्ग सफ्टवेर प्रयोग गरेको पाइयमा वा कार्यविधिको पालना नगरेमा साविकमा मु.अ.कर ऐन बमोजिम रु ५ लाख जरिवाना लाग्दै आएकोमा अब आयकर ऐन बमोजिम समेत त्यति नै जरिवाना लाग्ने भएको छ,अर्थात् एउटै कसुरमा अब दोहोरो जरिवाना लाग्नेभएको छ।
७. अन्य बिबिधः विदेशी बैंक वा अन्य वित्तीय संस्थाबाट लिएकोऋणबापतको ब्याज भुक्तानी गर्दा ५ प्रतिशतको दरलेस्रोतमा करकट्टी गर्नुपर्ने भएको छ(विगतमा १० प्रतिशत) । योगदानबापत प्राप्त पुरस्कार रकम पाँच लाख रुपैयाँभन्दा बढी भएमा आकस्मिक लाभकर तिर्नुपर्ने भएको छ।
मु.अ.कर तर्फ संसोधनः
१. सेवाका हकमा थ्रेसहोल्ड बढ्योः मु.अ.कर ऐनमा भएका संशोधन हेर्दा सेवा र वस्तु तथा सेवा मिश्रित कारोबार गर्ने व्यक्तिको हकमा थ्रेसहोल्ड २० लाखबाट बढेर ३० लाख पुगेको देखिन्छ। यस विषयमा थप स्पष्ट हुन मूल्य अभिवृद्धि कर नियमावली मा भएको संशोधन समेत कुर्नुपर्ने हुन्छ।
२. कर विवरण दाखिला नगरेमा आयात वा निर्यात रोकिनेः कर विवरण बुझाउनुपर्ने मिति समाप्त भएको चार महिनासम्म पनि नबुझाएमा कर अधिकृतले त्यस्तो करदाताको आयात वा निर्यात रोक्का गर्नसक्ने व्यवस्था थपिएको छ।
३. करछुटका बस्तु तथा सेवामा हेरफेरः साबिकमा मु.अ.कर छुट भएका दाउरा, भेडाको फ्रोजन मिट,सावेल, सुतिको साडि, लुङ्गी र धोती, मोती, ब्यान्डेजलगायतका वस्तुमा मु.अ. कर लाग्ने भएको छ । आलु, प्याज, स्याउ र बाख्राको मासुमा लाग्दै आएको मु.अ.कर खारेज गरिएको छ ।
छुट तथा सुविधाहरूः
१. करको दायरामा आउनेलाई छुटः स्थायी लेखा नम्बर नलिएका व्यक्तिले आर्थिक वर्ष २०७८÷७९ र २०७९÷८० को बुझाउनुपर्ने आय विवरण र सोमा लाग्ने कर बुझाएमा सोमा लाग्नेशुल्क तथा ब्याज मिनाहा हुने भएको छ र त्यस्ता व्यक्तिहरूलेसोभन्दा अघिका आय वर्षहरूको आयविवरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याज समेत बुझाउनुपर्ने छैन।स्थायी लेखा नम्बर लिइ आय विवरण बुझाउन बाँकी रहेको करदाताको हकमा भने आय विवरण, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतका दरले हुने रकम बुझाएमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने भएको छ।
२. मु.अ.कर विवरण पेश नगर्नेलाई छुटः २०८० साल असार मसान्तसम्मको कर विवरण पेश नगर्ने व्यक्तिले आफूले बुझाउनुपर्ने कर विवरण सोकर विवरण अनुसारको ५०%ले हुने रकम बुझाएमा सोमा लाग्ने जरिवाना थप दस्तुर र बाँकी ब्याज मिना हुने भएको छ।
३. अन्तर्राष्ट्रिय हवाई यातायात सेवाप्रदायकलाई छुट : मु.अ.करमा दर्ता भएको वा नभएको अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक व्यक्तिले २०८० साल जेष्ठ १५ गतेदेखि २०८० साल असोज मसान्तसम्मको अवधिमा हवाई यातायात सेवामा संकलन गर्नुपर्ने मूल्यवृद्धि कर संकलन नगरेको वा दाखिला नगरेको भएमा त्यस्तो मु.अ.कर जरिवाना थप दस्तुर तथा ब्याज मिना हुने भएको छ।साथै अफलाइन एयरलाइन्सले २०८० साल जेष्ठ १५ गतेदेखि सङ्कलन गरेको मु.अ.कर रकम बुझाएमा सोमा लाग्ने ब्याज, जरिवाना, थपदस्तुर मिनाहा हुने भएको छ।
४. ढुवानी व्यवसायीलाई कर मिनाहाः मु.अ.करमा दर्ता भई कारोबार गर्नुपर्ने ढुवानी सेवाको कारोबार गर्ने व्यक्तिले २०७६ साल जेष्ठ १५ गतेदेखि २०७८ साल जेष्ठ १४ गतेसम्म करयोग्य कारोबार गरी कर सङ्कलन नगरेको भए सो कारोबार रकमको १%ले हुने रकम दाखिला गरेमा सोमा लाग्ने बाँकी कर, थपदस्तुर, ब्याज र जरिवाना मिनाहा हुने भएको छ।कर निर्धारण उपर चित्त नबुझी न्यायिक प्रक्रियामा रहेका व्यक्तिलाई पनि यो छुट सुविधा लागू हुनेछ।
५. कर्जा सूचना प्रदायक निकायलाई मु.अ.कर मिनाहा हुनेः बैंक तथा वित्तीय संस्थालाई कर्जा सूचना प्रवाह गर्ने निकाय मु.अ.करमा दर्ता नभएको भए २०८१ साल असार मसान्त भित्र दर्ता भई उक्त मिति सम्म सङ्कलन गर्नुपर्ने कर रकमको ५०%ले हुने रकम बुझाएमा बाँकी मु.अ.कर, जरिवाना, ब्याज तथा थपदस्तुर मिनाहा हुने भएको छ। यस्तो सुविधा कर निर्धारण भई बक्यौता रहेको वा प्रशासकीय पुनरावलोकन वा न्यायिक निकायमा विचाराधीन मुद्दा फिर्ता लिई करदाखिला गर्ने निकायलाई समेत लागू हुनेछ।
६. आन्तरिक उत्पादनमा मु.अ.कर छुटः नेपालमा उत्पादन भएका आलु प्याज तथा स्याउको कारोबार गर्ने व्यक्तिले २०८१ साल जेष्ठ १४ गतेसम्म त्यस्तो कारोबार गरेबापत लाग्ने मूल्य अभिवृद्धि कर सङ्कलन नगरेको भए वा कर निर्धारण भई बुझाउन बाँकी रहेको भए कर रकम रसोमा लागेको ब्याज, थपदस्तुर र जरिवाना मिनाहा हुने भएको छ ।
(लेखक टेक्स नेपाल सोलुसन प्रालिका प्रबन्ध निर्देशक हुन ।)