Skip to main content

ताप्नका लागि छानामा बालेको आगो सल्किदा अछाममा दुुई बालवालिकाको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
अछाममा दुुई बालवालिकाको मृत्यु

अछाम : अछाममा आगलागी हुँदा दुुई जनको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका ३ ठाटीमा छानामा आगलागी हुदा दुई जनाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

बुधबार साझ ५ः३० बजे दुई छानामा आगलागी भएको हो ।  ठाटीका नन्द बुढा  र जय बुढाको सगै जोडिएको छानामा आगलागी हुदा १ बालक र १  बालिकाको  मृत्यु गएको हो । 

आगोमा जलेर नन्द बुढा कि ६ वर्षिया छोरी निरुता बुढा र जगत बुढाका ३ वर्षका छोरा अंकित बुढाको  मृत्यु  भएको छ । छानोमा बालेको आगो केटाकेटीले खेलाउदा पाखोमा सल्किएर आगलागी भएको  स्थानीय लाल बहादुर चदाराले जानकारी दिए  ।