Skip to main content

धनगढीमा अत्यधीक गर्मी, एक हप्तासम्मका लागि विद्यालय बन्द

Submitted by editor on
मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको तापक्रम, बुधबार ४३.३६ डिग्री र विहीबार (आज) ४४ दसमलव १ डिग्री मापन भएको छ ।
ईबिगुल संवाददाता
धनगढीमा अत्यधीक गर्मी

धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा अत्यधीक गर्मी बढेको छ । मंगलबारबाट उकालो लागेको तापक्रम विहीबार सम्म बढिरहेको छ । 

मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको तापक्रम, बुधबार ४३.३६ डिग्री र विहीबार (आज) ४४ दसमलव १ डिग्री मापन भएको छ । मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले १९९५ पछि, बिहिबार बढी तापक्रम मापन भएको दिन भएको बताए ।

सन १९९५ जूनमा धनगढीको तापक्रम ४६ दसमलव ४ मापन भएको थियो । जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले धनगढीमा बुधबार २९ वर्षपछि उच्च तापक्रम मापन भएको जानकारी दिए । गत वर्ष धनगढीको उच्च तापक्रम ४१ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।

गर्मी बढेका कारण धनगढी उपमहानगरपालिकाले बिद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले  जेठ १८ देखि  २४ गतेसम्म बिदा बन्द गर्ने जनाएको छ । उपमहानगरपालिकाले जारी गरेको सूचनामा अत्यधिक गर्मी बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी सात दिन सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।