Skip to main content

धनगढीमा २९ वर्षकै अत्यधीक गर्मी, विहीबार दिउसोको तापक्रम ४४ डिग्री नाघ्यो

Submitted by editor on
मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको तापक्रम, बुधबार ४३.३६ डिग्री र विहीबार (आज) ४४ दसमलव १ डिग्री मापन भएको छ ।
ईबिगुल संवाददाता
धनगढीमा गर्मीले २९

धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा गर्मीले २९ वर्ष यताकै सबैभन्दा बढी गर्मी भएको छ । सन १९९५ को जून १६ पछि विहीबार दिउसो बढी तापक्रम मापन भएको हो । मंगलबारबाट उकालो लागेको तापक्रम विहीबार सम्म बढिरहेको छ । 

मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको तापक्रम, बुधबार ४३.३६ डिग्री र विहीबार (आज) ४४ दसमलव १ डिग्री मापन भएको छ । मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले १९९५ पछि, बिहिबार बढी तापक्रम मापन भएको दिन भएको बताए ।

सन १९९५ जूनमा धनगढीको तापक्रम ४६ दसमलव ४ मापन भएको थियो । जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले धनगढीमा बुधबार २९ वर्षपछि उच्च तापक्रम मापन भएको जानकारी दिए । गत वर्ष धनगढीको उच्च तापक्रम ४१ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।