Skip to main content

कैलालीको हाटखोलीमा नुहाउन गएका डडेल्धुराका युवकको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
एक जना युवकको मृत्यु

धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ मा पर्ने हाटखोलीमा नदीमा डुबेर डडेल्धुराका एक जना युवकको मृत्युभएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारीकैलालीको हाटखोलीमा नुहाउन गएका डडेल्धुराका युवकको मृत्यु अनुुसार शुक्रबार जिल्लाको अमरगढी नगरपालिका–२ कारीगाउँका २५ वर्षीय प्रतिक पन्तको कैलालीको गोदावरी नगरपालिका–८ स्थित हाटखोलीको कालाखोला भन्ने स्थानमा नदीमा डुबेर मृत्यु भएको हो ।

आफ्नै कार बुकिङमा चलाउने पन्त शुक्रबार पनि सवारी लगेर हाटखोली गएका थिए । गर्मीका कारण आफ्ना थप ५ जना साथीहरूसँग नदीमा नुहाउन गएका उनको डुबेर मृत्युभएको हो । उनको शव निकालिएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।