Skip to main content

उद्योगमन्त्री भण्डारीको उद्घोष ‘बन्द भएका उद्योग सञ्चालनमा ल्याईन्छ’

Submitted by editor on
सुदूरपश्चिम स्तरीय श्रमाधान तथा रोजगार मेलाको आईतबार धनगढीमा उद्घाटन
दामोदर भण्डारी

धनगढी : उद्योग वाणिज्य तथा आुपुर्तीमन्त्री दामोदर भण्डारीले सरकार, बन्द भएका उद्योगहरु सञ्चालन गरेर रोजगारीका अवसरहरु सिर्जना गर्नमा लागेको बताएका छन । 

सुदूरपश्चिम स्तरीय श्रमाधान तथा रोजगार मेलाको आईतबार धनगढीमा उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन । ‘यसअघिका मन्त्रीहरुले नेपालमा बन्द भएका उद्योगहरु अब सञ्चालनमा ल्याउन नसकिने भन्दै प्रतिवेदन बनाएर राखेका रहेछन, मैले मन्त्रालयमा उद्योगहरुको अवस्था बुझ्ने क्रममा त्यस्तो पाए, तर बर्तमान सरकार बन्द भएका उद्योगहरु सञ्चालन गरेर त्यसबाट रोजगारीको सिर्जना गर्ने तयारीमा छ’ मन्त्री भण्डारीले भने ।

उनले कच्चा पदार्थ नपाएर बन्द भएका उद्योगहरु फेरि सञ्चालनमा ल्याईने बताए । ‘केही राम्रा राम्रा उद्योगहरु कच्चा पदार्थ नपाएर बन्द भएका छन, कच्चा पदार्थ आपुर्तीका लागि ऐन नियमहरु बाधक थिए, मैले ८ वटा ऐन नियमहरु संसोधन गरेको छु, अब उद्योगहरुलाई आधुनीक तरिकाले सञ्चालन गर्न सकेमात्रै रोजगारीको सिर्जना गर्न सकिन्छ’ मन्त्री भण्डारीले भने ।

उनले नवउद्यमीहरुलाई ब्याजमा अनुदानका लागि १ अर्वको प्याकेज ल्याएको बताए । ‘उद्योग भएनन भने देशको उत्पादन हुदैन, अनी रोजगारी पनि हुदैन, त्यसैले हामीले औद्योगिक ग्रामहरुलाई स्थानीय र प्रदेश सरकारसँग मिलेर प्रार्थमिकतामा राखेका छौ ।’

उनले बैदेशीक रोजगारीबाट फर्केका युवाहरु, सिमान्तकृत युवाहरुलाई लक्षित गर्दै कार्यक्रम बनाएको बताए । ‘चालुआर्थिक वर्ष तिब्र आर्थिक बृद्धीको वर्षका रुपमा मनाउने सरकारको तयारी छ, हामीले सतप्रतिसन आर्थिक बृद्धीदर हासि गर्नुछ’ मन्त्री भण्डारीले भने ।

धनगढीको ओम प्यालेसमा आयोजना गरिएको श्रमाधान मेलामा विभिन्न उद्योग, संघसंस्थाका स्टलहरु राखिएका छन । रोजगारदाता र रोजगार खोज्नेका बीच पुलको काम गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो । आईतबार सम्म २५ सय जनाका लागि रोजगारी रहेको र ५ हजार आबेदन परेका आयोजकले जनाएको् छ ।