Skip to main content

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच नयाँ दिल्लीमा भेटवार्ता

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौं : भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले नवनियुक्त प्रधानमन्त्री मोदीलाई शपथ ग्रहण गराएपछि प्रधानमन्त्री मोदी र प्रचण्डबीच भेटवार्ता भएको  प्रधानमन्त्री सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचारविमर्श भएको थियो । 

प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ भएको सपथ ग्रहण समारोहमा सहभागी हुन दिउँसो भारतको नयाँ दिल्ली प्रस्थान गरेका थिए । प्रधानमन्त्री प्रचण्डका साथमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रचण्डकी छोरी गङ्गा दाहाल लगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । प्रधानमन्त्री प्रचण्ड आज साँझ  स्वदेश फर्कने कार्यक्रम रहेको छ ।