Skip to main content

सुदूरपश्चिममा साढे ३१ अर्वको बजेट, झण्डै आधा बजेट पुर्वाधारमा (पूर्णपाठसहित)

Submitted by editor on
चन्द्रकान्त अवस्थी
बजेट

धनगढी  : सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्व ६२ करोड ९८ लाख २८ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले शनिबार प्रदेश सभामा आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रप्तुत गरेका हुन । 

सुदूरपश्चिममा चालुतर्फ ११ अर्व ७ करोड १९ लाख ६३ हजार विनियोजन गरिएकोमा पूँजीगत तर्फ भने १६ अर्व ५३ करोड ८ लाख विनियोनज गरिएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको अधिकांस हिस्सा संघीय सरकारको अनुदानमै भर परेको छ ।

आन्तरिक राजश्व परिचालन तर्फबाट  १ अर्व ६० करोड, राजश्व बाँडफाँड तर्फबाट ९ अर्व ९९ करोड, संघीय रोयल्टी बाँडफाँडबाट ४ अर्ब ४० लाख, समानीकरण अनुदान ८ अर्व ७२ करोड, ससर्त अनुदान ३ अर्व १३ करोड, संघीय समपूरक अनुदान १ अर्व ४२ करोड र विषेश अनुदानबाट ५५ करोड बजेट अनुमान गरिएको छ । 

आर्थिक मामिला मन्त्री पालले चालुआर्थिक वर्षको बिनियोजन बजेटबाट ६ अर्व १५ करोड रकम बच्चे बताउदै त्यसलाई पनि आगामी वर्षको बजेटको आम्दानी बाँधेका छन । 

सुदूरपश्चिममा सरकार विस्तामा नै ढिलाई भएको थियो । मुख्यमन्त्री, भौतिक पुर्वाधार र भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय बाहेक अरु मन्त्रालयमा विषयगत मन्त्रीहरु नै समयमा नआएकाले बजेट कर्मचारीको हातमा गएको देखिएको छ । 

बजेटमा पुर्वाधार तर्फ सबैभन्दा बढी बजेट विनियोजन गरिएको छ । पुर्वाधार विकास मन्त्रालयको बजेट मात्रै १३ अर्व भन्दा बढी छ । मन्त्रीहरुको बजेटमा पहुँच नपुग्दा विगतकै कार्यक्रमहरुले निरन्तरता पाएका छन । कुखुरा, बाख्रा, कालिज जस्ता पशुपंक्षी ब्यवसायीहरुको प्रबधर्न, मासु उत्पादन लगायतका लागि ४४ करोड बजेट विनियोजन गरिएको छ । अनुदानको कार्यक्रमहरु बढी राखिएका छन । बजेटमा प्रदेशको हरेक निर्वाचन क्षेत्रमा एक÷एक का दरले सामुदायीक विद्यालयहरुलाई नमुना बनाएर शिक्षण सिकाई प्रभावकारी बनाउन २० करोड रकम विनियोजन गरिएको छ । प्रदेशतर्फ सुदूरपश्चिममा ३२ निर्वाचन क्षेत्र छन ।

बजेटमा ९ जिल्लामा ९ वटा उद्योग स्थापनाका लागि ९ करोड रकम विनियोजन गरिएको छ । धार्मिक पर्यापर्टनका लागि २८ करोड रकम विनियोजन गरिएको छ । भूमीगत सिचाई आयोजनाहरुका लागि २९ करोड रकम विनियोजन गरिएको छ । आवाश तथा शहरी विकास तर्फ ४५ करोड रकम विनियोजन गरिएको छ । 

बजेटको पूर्णपाठ