Skip to main content

मध्यरातमा भागरथीले यसरी गरेकी थिईन वीरभानको हत्या

Submitted by editor on
भागरथी र तीन जना युवाहरु मिलेर चिरपट हानेर वीरभानको हत्या हुन्छ । वीरभानको शव एक रात र एक दिन भागरथीकै घरमा हुन्छ । त्यसपछि घिसारेर, मोटरबाईकमा राखेर भीरमा शव फालिएको प्रहरीले लिएको प्रारम्भीक बयानाट खुलेको छ ।
शिवराज भट्ट
वीरभान सिंह बिष्ट

धनगढी : तीन  दिनदेखि बेपत्ता बैतडीको पाटन नगरपालिका –६ का वीरभान सिंह बिष्टको हत्या भएको खुलेको छ । उनको हत्यामा ४ जना संलग्न भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उरिक्षक दिपक गिरिले वीरभानको हत्यामा सोही ठाउकी शिक्षिका भागरथी विष्ट र अन्य तीन जना युवाहरुको संलग्नता रहेको बताएका छन । प्रहरीले हत्याको आरोपमा शिक्षिका भागरथी विष्ट र सोही ठाउँका २० वर्षका किशोर भट्टराई र १९ वर्षका राजेन्द्र भट्टराईलाई पक्राउ गरेको जनाएको छ ।

५१ वर्षीय वीरभान बिष्ट असारको ्र१ गते देखि बेपत्ता भएका थिए । उनका आफन्तले सोमबार मात्रै प्रहरीमा उनी वेपत्ता भएको खबर गरेका थिए । आफन्तको उजुरीका आधारमा पक्राउ परेकी शिक्षिका भागरथीले दिएको प्रारम्भीक बयानका आधारमा प्रहरीले वीरभानको शव पनि फेला पारेको छ भने हत्यामा संलग्न तीन जना मध्ये २ जना युवकहरु पक्राय गरेको जनाएको छ ।

विष्टको शव पाटन पञ्चेश्वर सडकखण्डअन्तर्गत पर्ने घानल खोलामा सोमबार दिउँसो सवा दुई बजे फेला परेको थियो । स्थानीय र प्रहरीले खोजी कार्य गर्दा बिष्टको हत्या गरी काँच बेरेर फालेको अवस्थामा शव फेला परेको थियो । बिष्टको मोबाइल भागरथीसँग फेला परेपछि उनकै बयानका आधारमा हत्यामा संलग्नको पहिचान गरिएको प्रहरीले जनाएको छ ।  हत्या गरिएका बिष्ट ट्रक चालक हुन् भने उनी शिक्षिका भागरथीका ससुरा नाता पर्छन ।

यसरी गरिएको थियो वीरभानको हत्या (प्रहरीले लिएको प्रारम्भीक बयानका आधारमा)
बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ की भागरथी विष्ट र वीरभान विष्टका बीच अनैतिक सम्बन्ध थियो । नाताले उनीहरु नजिकका ससुरा बुहारी हुन । वीरभान भागरथीका कान्छा ससुरा नाता पर्छन । 

भागरथीका श्रीमानको १० वर्ष अघि नै मृत्यु भईसकेको थियो । उनी एकल भएपछि शिक्षण पेशमा थिईन । त्यसपछि उनको वीरभानसँग सम्बन्ध रहेको थियो । भागरथीका एकजना अपांग र अर्का एक छोरा छन भने वीरभान पनि विवाहीत ब्यक्ति हुन । 

असारको १ गते राती मदिरा सेवन गरेको अवस्थामा वीरमान भागरथीको घरमा पुुग्छन । भागरथीको घरमा पाटन नगरपालिकाकै तीन जना युवाहरु पनि रहेका हुन्छन । भागरथीसँग युवाहरु देखेपछि रिसाएका वीरमान र उनको विवाद हुन्छ । वीरमानले भागरथीलाई नानाथरी कुरा गर्छन । त्यसपछि भागरथीले चिरपटले उनको टाउकोमा हान्छिन । 

प्रहरी नायव उपरिक्षक दिपक गिरि भन्छन, ‘प्रारम्भीक बयानका आधारमा त्यहाँ रहेका युवाहरुले पनि वीरभान माथि कुटपिट गर्छन । वीरभानको भागरथीकै घरमा मृत्यु हुन्छ । ती युवाहरु त्यहाबाट राती नै भाग्छन । तर भागरथीले मृत्यु भईसकेका वीरमानको शव आफ्नै घरमा लुकाउछिन ।’

त्यसपछि शव ब्यवस्थापनको योजना बन्छ । भागरथीको घर पाटन नगरपालिकामा पर्ने पाटन–पञ्चेश्वर सडक भन्दा माथि अथवा पाटनको खतवारीको फाँटको माथि छ । शनिबार राती मारिएका वीरमानको शव आईतबारको दिनभरी भागरथीकै घरभीत्र रहन्छ । 

ती युवाहरुलाई भागरथीले शव ब्यवस्थापनका लागि बोलाउछिन । आईतबारको राती तीन जना युवाहरु राजेन्द्र भट्टराई, किशोर भट्टराई र एकजना फरार रहेका युवाहरु आउछन । उनीहरुले वीरभानको शव पाटनको खेत (सेरो), जहाँ रोपाई गरिएको थियो, प्लाष्टिकमा बेरेर तानेर पाटन–पञ्चेश्वर सडकसम्म पुगाउछन । 

भागरथीको घर देखि खेतैखेत शव तानेको निसानहरु पनि प्रहरीले संकलन गरिसकेको छ । सडकमा ती युवकहरुले ल्याएको से ७ प ४४०९ नम्बरको मोटरसाईकल तयारी अवसथामा हुन्छ । एकजनाले मोटरसाईकल चलाउछन भने अर्कोले बीचमा शव राखेर बोक्ने काम गर्छन । घिसारेर सडकमा पुगाईएको स्थानबाट वीरभानको शव झण्डै ५ किलोमिटर पञ्चेश्वतर्फ लगेर घाङल भीरमा फालिन्छ । 

डिएसपी गिरि भन्छन, ‘ती मध्येकाका २ जना युवाहरु किशोर र राजेन्द्र शव फालिसकेपछि बसमा तराई तिर हिड्छन । तर उनीहरुलाई भागरथी पक्राउ परिसकेको र उनीहरुको नाम प्रहरीले थाहा पाईसकेको जानकारी हुन्छ  । उनीहरु बसबाट झरेर जीपमा बस्नछन । प्रहरी उनीहरुलाई डडेल्धुराको साहुखर्कबाट पक्राउ गरेको छ ।’ 
(प्रहरीलाई दिएको बयानका आधारमा)