Skip to main content

बाजुरामा खाद्यान्न र नुनको अभाव भयो, तत्काल ढुवानीको व्यवस्था होस्ब : बद्री पाण्डे

Submitted by editor on
ईबिगुल संवाददाता
बद्री प्रसाद पाण्डे

काठमाडौं : नेपाली कांग्रेस सांसद बद्री प्रसाद पाण्डेले बाजुरामा नुनको चरम अभाव भएको भन्दै तत्काल ढुवानीको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सहमहामन्त्री समेत रहेका पाण्डले खाद्यान्नको मौजाद  पनि न्यून रहेको भन्दै तत्काल दुवानीको व्यवस्था गरिदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

नेता पाण्डेले मनसुनी प्रकोपको पूर्वतयारीमा जुटन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। उनले गम्भीरतापूर्वक तयारीमा जुट्नुपर्ने सरकार उदासिन देखिएको भन्दै सबैखालका पूर्व तयारीमा नजुटे स्थानीयहरूले भयानक सास्ती व्यहोर्नुपर्ने अवस्था आउने बताए ।

’अहिले नै बाजुरामा नुनको अत्याधिक अभाव सृजना देखिएको छ। खाद्यान्नको स्टक अत्यन्त न्यून रहेको छ। सरकार,खाद्य संस्थान र साल्ट ट्रेडिङलगायतले नियकाहरूले मातहतमा निर्देशन दिइरहेको बताए पनि ढुवानीको काम भइरहेको । 

बाढीपहिरोले सडक सञ्जाल बन्द हुने, दैनिक उपभोग्य वस्तुको अभाव, ढुवानी रोकिने, अभाव र महंगीले नागरिकले भयानक सास्ती व्यहोर्नपर्ने हुन्छ । जसको पूर्वसंकेत ताप्लेजुङले दिइसकेको छ । यस अवस्थामा गम्भीरतापूर्वक तयारीमा जुट्नुपर्ने सरकार उदासिन देखिएको छ’ उनले भने । 

‘ढुवानीको अन्यौलग्रस्त यस प्रणालीलाई चिर्दै बाजुरालगायत विकट क्षेत्रमा अत्यावश्यक वस्तुको यथाशीघ्र ढुवानी गर्न र सबै खालका पूर्व तयारीमा जुट्न नागरिकको  जीवनलाई सहज सुरक्षित पार्न सभामुखमार्फत सरकारको गम्भीरुपमा ध्यानाकर्षण गराउन चाहन्छु ।’