Skip to main content

मन्त्री पाल भन्छन, ‘रातो किताबको ‘पिडिएफ’ कसले बाहिर ल्यायो, छानविन हुन्छ’

Submitted by editor on
ईबिगुल संवाददाता
सुरेन्द्र बहादुर पाल

धनगढी : आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को कार्यक्रम पुस्तिका (रातोकिताब) को ‘पिडिएफ’ कस्ले सार्वजनिक गरेको भन्ने कुराको छानविन सुरु भईसकेको बताएका छन ।

ईविगुल डटकमसँग कुराकानी गर्दै मन्त्री पालले भने ‘रातो किताबको पिडिएफ फाईल बाहिरिएको छ । प्रतिपक्षी दलले पनि त्यसमा ध्यानाकर्षण गराएको छ । कार्यालयको दस्ताबेज माननीयहरुलाई नदिएरै कसले सार्वजनिक गरेको रहेछ, त्यसको छानविन भईरहेको छ ।’  

उनले आर्थिक मामिला मन्त्रालयको सचिवको सरुवा भएका कारण मात्रै रातोकिताब सार्वजनिक गर्न ढिलाई भएको बताए । ‘अर्थ सचिवलाई यसअघिकै सरकारले सरुवा गर्न खोजेको रहेछ, तर केन्द्रले बजेटका बेला भनेर नगरेको रहेछ, बजेट आएपनि उनको सरुवा भएको थाहा पाए । तर सचिवले रवाना बुुभेका छैनन, मैले यस घटनाको छानबिनका लागि भनिसकेको छु ।’

मन्त्री पालले बजेटको कार्यक्रम पुस्तीका गोप्य डकुुमेन्ट नभएको र त्यसलाई एक पटक सार्वजनिक गर्नैपर्ने भएपनि माननीय ज्युहरुको हातमा नपर्दै कसले बाहिर ल्यायो ? यो गम्भीर विषय भएकाले छानविन हुने बताए । उनले सार्वजनिक भएको पुस्तीका आथिकारिक पनि नभएको बताए ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।