Skip to main content

कैलालीमा १० लाख ७२ हजार मूल्यको अबैध सामानसहित दुई जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
महिलासहित दुई जना पक्राउ

धनगढी : कैलालीको धनगढीमा झण्डै ११ लाख मूल्यको अबैध सामानसँगै एक महिलासहित दुई जना पक्राउ परेका छन् ।

शनिबार दिउँसो १० लाख ७२ हजार मूल्यको अबैध सामानसँगै एक महिला र एक जना पुरुष पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका–१ नवदुर्गा मन्दिर नजिकबाट अबैध सामानसहित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायव निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का ३१ वर्षीय हरि बुढाले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १२७९ नम्बरको म्याजिक गाडीमा अबैध सामान फेला परेको हो ।

सो गाडीमा सवार धनगढी उपमहानगरपालिका–९ की ४० वर्षीया सरस्वती विक, गाडी चालक र म्याजिक गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ। भारतबाट ल्याएको अबैध सामान, सेन्डो, लेडिज मोजा र जेन्स मोजा गरेर १० लाख ७२ हजार मुल्यको मालसमान नियन्त्रणमा लिएर त्रिनगर भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।