Skip to main content

धनगढीका खोला किनारमा ‘ग्रीनबेल्ट’ सहितको करिडोर बनाईने

Submitted by editor on
ईबिगुल संवाददाता
ग्रीनबेल्ट’

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले तीनवटा खोला किनारमा ‘ग्रीनबेल्ट’ सहितको करिडोर बनाउने भएको छ ।

उपमहानगरले कैलाली नाला, सुकुटी नाला र शिवनगर खोला किनारमा फुटपाथ तथा ‘ग्रीनबेल्ट’सहितको करिडोर निर्माण गर्ने भएको हो । करिडोर निर्माण गर्न र धार्मीक पर्यटकीय क्षेत्र जोड्न साइकल ट्याक निर्माण गर्ने कार्यका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) निर्माण गरिने उपमहानगरले जनाएको छ ।

उपमहानगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा तीनवटा खोला किनारमा फुटपाथ र ‘ग्रीनबेल्ट’सहितको करिडोर निर्माण गर्न डिपीआर तयार गरिने विषय उल्लेख छ । ग्रीनबेल्ट क्षेत्रमा ल्यान्डस्केपिङ, हरियाली प्रवद्र्धन र सौन्दर्यीकरणमा बढी जोड दिने गरिएको छ । यसबाट वातावरणमा स्वच्छता कायम हुनुका साथै आन्तरिक पर्यटकमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

सहरी सुन्दरता कायम गर्न र प्रदुषण घटाउन वृक्षारोपण समेत करिडोरमा गरिनेछ। कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनार तथा वडा नम्बर ४, ५, ६ र १३ का सामुदायिक वन क्षेत्र हुँदै बग्ने नदी किनारमा साइकल ट्रयाक निर्माण गरिने विगत वर्षका नीति तथा कार्यक्रमा समावेश हुँदै आए पनि काम हुन सकेको थिएन । 

धनगढीमा खोलानाला तथा सामुदायिक वनहरुको अतिक्रमण रोक्न र पर्यटन क्षेत्रको विकासका लागि साइकल ट्रयाक निर्माणको नीति महत्वपूर्ण भएपनि लामो समयदेखि र्काान्वयनमा भने आउन सकेको छैन् ।