Skip to main content

केहीबेरमा काँग्रेसका कमल बहादुर शाह मुख्यमन्त्रीमा दाबी पेशगर्दै

Submitted by editor on
ईबिगुल संवाददाता
 कमल बहादुर शाह

धनगढी : सुदूरपश्चिममा आज चौथो पटक सरकार गठन हुने भएको छ । आज काँग्रेसको तर्फबाट कमल बहादुर शाहले प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा केही बेरमा दाबी पेश गर्दैछन । शाह दोस्रो पटक मुख्यमन्त्री बन्नेछन ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाले आज बेलुकी ५ बजेसम्म नया सरकार गठनका लागि आह्वान गरेका थिए । शाहले काँग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिको रेशम पक्षका ५ जना गरी ३४ जना प्रदेश सभा सदस्यहरुको समर्थन रहेको भन्दै दाबी पेश गर्ने भएका हुन । 

प्रदेश प्रमुखको कार्यालयमा आज दिउसो १ बजे शाहले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी भएको काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । अहिले प्रदेश सभामा एमाले, काँग्रेस र नाउपाको संसदीय दलको बैठक बसिरहेका छन ।