Skip to main content

धनगढीबाट दिपायल जाँदै गरेको बस दुर्घटना हुँदा १६ जना घाइते

Submitted by editor on
ईबिगुल संवाददाता
बस दुर्घटना

दिपायल : डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । धनगढीबाट दिपायल तर्फ जादै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दुर्घटनामा परेको हो । 

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईका अनुसार दिपायल सिलगढी नगरपालिका–४ समुहगाड नजिक आज बिहान ५ बजेतिर बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि घाइते भएकाहरूको राजपुर स्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । ४ जना घाइतेहरूको अवस्था गम्भीर रहेको र बाँकी सामान्य रहेको डिएसपी भट्टराईले बताए । 

बस सडकबाट करिब ३५ मिटर तल खसेको छ । बस उकालोमा भएकाले प्राविधिक कारणले दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।