Skip to main content

सत्ता पक्षले नागरिकता विधेयकलाई भोट बैंक बनाउन खोज्यो : राजेन्द्र लिङ्देन

Submitted by editor on
ईबिगुल संवाददाता
राप्रपा सांसद् राजेन्द्र लिङ्देन

काठमाडौं : राप्रपा सांसद् राजेन्द्र लिङ्देनले नागरिकता विधेयकमा कसैले पनि राजनीतिकरण गर्न नहुने बताएका छन् । प्रतिनिधिसभामा बोल्दै सांसद् लिङ्देनले नागरिकताको समस्या सबैको समस्या भएको भन्दै नागरिकता विधेयकमाथि राजनीतिकरण गर्न नहुने बताएका हुन् । 

लिङ्देनले भने,‘नागरिकता विधेयकमाथि राजनीतिकरण गर्नुहुँदैन । अहिलेपनि सरकार समस्याको समाधान चाहन्छ भने त्यो विधेयक संसद्मा ल्याओस् । फास्टट्रयाकबाट टुंगोमा पुगौं । नागरिकताको समस्या हामी सबैको समस्या हो ।’

सत्ता पक्षले प्रधानमन्त्रीको भारत भ्रमणको अघिल्लो दिन निस्किनुभन्दा एक दुई घण्टा अगाडि प्रमाणीकरण गर्नुपर्ने के कारण थियो ? भन्दै प्रश्न गरे । लिङ्देनले भने,‘सत्ता पक्षले सुटुक्क त्यो पनि प्रधानमन्त्रीको भारत भ्रमणको अघिल्लो दिन निस्कनुभन्दा एक दुई घण्टा अगाडि प्रमाणीकरण गर्नुपर्ने के कारण थियो ? र,नागरिकता विधेयक अहिले राप्रपा, रास्वपा, एमालेका कारण रोकिएको हो ? त्यो अदालतमा हामीले गएर उजुरी हालेको हो ? तपाईहरुलाई थाह थियो, अहिले नागरिकता विधेयक प्रमाणीकरण गर्नलाई गर्दियौं, भारत पनि खुसी हुन्छ, नागरिकता नपाएका मान्छेहरू पनि खुसी हुन्छ, आखिरी अदालतले रोकिहाल्छ, कसै न कसैले उजुरी गरिहाल्छ ।’

सत्ता पक्षले नागरिकता नपाएका नेपाली नागरिकहरूलाई भोट बैंकमा परिणत गर्ने अवसरको रुपमा उपयोग गर्न खोजेको लिङ्देनको भनाइ छ । लिङ्देनले भने,‘एउटा भाष्य निर्माण भइरहेको छ कि नागरिकता विधेयकको प्रक्रियामा प्रतिपक्षीहरूले जुन विरोध गर्‍यौं । र, हामीले त्यसमा आफ्नो फरक मत राखिराखेका छौं । त्य

सलाई सत्ता पक्षले नागरिकता नपाएका नेपाली नागरिकहरूलाई भोट बैंकमा परिणत गर्ने अवसरको रुपमा उपयोग गर्न खोजेको देखिन्छ । हामीले कुनैपनि नेपाली नागरिक,जसको बुवा आमा नेपाली नागरिक छन्, तर उमेर पुगेर पनि नागरिकता पाउनबाट बञ्चित छन् उनीहरुले नागरिकता पाउनुहुँदैन भनेर भनेका छैनौं हामीले । हामीले नागरिकता विधेयक आउनु हुँदैन भनेका छैनौं । प्रक्रियाको कुरा गरेका छौं । र, त्यसमाथि कन्टेन्टमा पनि केहि छलफल गर्ने कुराहरु पनि छन्, यहाँ छलफल गरेर लैजाऔं भनेका छौं ।’