Skip to main content

धनगढी विमानस्थलबाट २१ थान एप्पल कम्पनीका आईफोन बरामद

Submitted by editor on
ईबिगुल संवाददाता
आईफोन

धनगढी : धनगढीबाट काठमाण्डौं पठाउन लागिएका एप्पल कम्पनीका २१ थान आईफोन सहित एक जनालाई विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरेको छ । 

सोमबार विहान ११ बजे कार्टुनमा प्याक गरी काठमाण्डौं पठाउन लागिएका २१ थान आईफोन विमानस्थलको एक्स–रे मेसिनमा देखिएपछि बरामद गरिएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

प्रहरीले आईफोन पठाउने कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ०१ सुख्खका २७ वर्षिय राजु चौधरीलाई पनि पक्राउ गरेको छ । प्रहरीले उक्त पुराना आईफोनको मुल्य ८ लाख ४० हजार रहेको जनाएको छ ।

चौधरीलाई आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाउने तयारी भईरहेको बताईएको छ । चौधरीलाई कुनै अर्को ब्यक्तिले हवाई कुुरियर गरिदिन भन्दै पठाएको खुलेको छ । प्रहरीले उक्त पठाउने ब्यक्तिको खोजी पनि गरिरहेको बताईएको छ ।