Skip to main content

मन्त्री सिह सहितका घाईतेकाे हेलिकप्टरबाट उद्दार हुदै

Submitted by editor on
ईबिगुल संवाददाता
सरकारका


बझाङ :  सुदूरपश्चिम सरकारका अान्तरिक मामिला मन्त्री पृथ्बि बहादुरलसिह सहितका घाईतेकाे ह्लिकप्टरबाट उद्धार भईरहेकाे छ ।

 सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दर्घटनामा परेको हो। दुर्घटनामा परेर मन्त्री पृथ्वीबहादुर सिंह, मन्त्री सिंहकी पत्नी अमृता सिंह, चालक धर्मराज जोशी, जयदेवी सिंह (महिला) र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारी घाइते भएका छन् ।

 घाइतेमध्ये मन्त्री पृथ्वीबहादुर सिंह, मन्त्री सिंहकी पत्नी अमृता सिंह र जयदेवी सिंहको अवस्था गम्भीर रहेको बझाईएकाे छ । घाइतेको थप उपचारका लागि सुर्खेतबाट हेलिकप्टर उडेको प्रहरिले जनाएको छ ।