Skip to main content

अनेरास्ववियु सुदूरपश्चिम प्रदेशको अध्यक्षमा राई र सचिवमा रोकाया

Submitted by editor on
ईबिगुल संवाददाता
अनेरास्ववियु

धनगढी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ । बुधबारदेखि सुरु भएको प्रदेश अधिवेशनमा बिहीबार बिहान सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

प्रदेश कमिटी अध्यक्षमा मनोज राई सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा रोहित बोगटी र इन्द्र बोहरा, सचिवमा कमल रोकाया, सहसचिवमा यशोदा थापा निर्वाचित भएका छन् ।