Skip to main content

सह–सम्पादक नेपाललाई ‘लोकेन्द्र–मोहन युवा वर्ष सम्मान’

Submitted by editor on
ईबिगुल संवाददाता
दीपक नेपाल

धनगढी : १०३ पटक रक्तदान गरिसकेका नेपाली हेडलाइन डट कमका सह–सम्पादक दीपक नेपाललाई शुक्रबार ‘लोकेन्द्र–मोहन युवा वर्ष सम्मान २०२३’ प्रदान गरिएको छ । 

धनगढी जेसिजद्वारा स्थापित उक्त सम्मान शुक्रबार आयोजित समारोहमा प्रमुख अतिथि र पुरस्कार स्थापना गरेका पूर्व अध्यक्ष नरनारायण शाहले नेपाललाई प्रदान गरेका हुन् । निरन्तर रक्तदान गरी मानवीय सेवाका निमित्त अतुलनीय योगदान दिएका कारण उनलाई सम्मान प्रदान गरिएको धनगढी जेसिजले जनाएको छ। 

‘तपाईं समग्र युवाका लागि प्रशंसनीय र प्रेरणादायी व्यक्तित्व बन्न सफल हुनु भएकाले यहाँको अविष्मरणीय योगदान र लगनशीलताको उच्च कदर गर्दै धनगढी जेसिजद्वारा स्थापित युवा वर्ष सम्मान २०२३ यहाँलाई सगौरव प्रदान गरिएको छ,’ सम्मान पत्रमा उल्लेख छ । जेसिज वर्ष २०२३ का अध्यक्ष मोहन ओझाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।