Skip to main content

सबिता भण्डारी बनिन् पहिलो महिला महान्यायाधिवक्ता

Submitted by editor on
ईबिगुल संवाददाता
sabita

काठमाडौं : महान्यायाधिवक्तमा वरिष्ठ अधिवक्ता सबिता भण्डारी बराल नियुक्त भएकी छन् । आइतबार भण्डारीलाई राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति भवनका प्रवक्ता प्रदीप कुमार कोइरालाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । वरिष्ठ अधिवक्ता बराल नेपाली कानुनी इतिहासका पहिलो पुस्ताका कानुन व्यवसायी कृष्णप्रसाद भण्डारीकी छोरी पनि हुन्।

उनले यसअघि राष्ट्रिय सूचना आयोगको आयुक्त भएर पनि काम गरेकी छन्। सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री भएर इतिहास बनेसँगै उनकै पालामा पहिलो महिला महान्यायाधिवक्ताको कीर्तिमान पनि बनेको हो।

प्रधानमन्त्री कार्कीले पदभार सम्हालेको पहिलो दिन नै आइतबार बराललाई महान्यायाधिवक्ता सिफारिस गरेपछि राष्‍ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा ९२० बमोजिम मिति २०८२ भदौ २९ गते श्री सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ।’

यसअघिका महान्यायाधिवक्ता रमेश बडालले भदौ २४ गतेदेखि लागू हुने गरी दिएको राजीनामा राष्‍ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेपछि बराल सिफारिस भएकी हुन्।

राष्ट्रपति पौडेलले भण्डारीलाई प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा नेपालको संविधानको १५७ धारा को उपधारा २ बमोजिम नयुक्त गरेको हुन् ।